बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्षाले कैलालीमा डुबान, नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बुधबार, ०५ भदौ २०८१, ११ : ०१
बुधबार, ०५ भदौ २०८१

धनगढी । कैलाली जिल्लामा लगातारको वर्षले नदीहरूमा पानीको बहाव बढेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार कटैनी, कान्द्रा, मोहना र यसका सहायक नदीहरूमा पानीको बहाव बढेको छ ।

यसैबिच कैलालीको गौरीगंगा नगरपालिका केही क्षेत्र डुबानमा परेका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार गौरीगंगा नगरपालिका ७, ९ नं. वडाको महादेवा, भगवानपुर, शंकरपुर गाउँका २२ घर डुबानमा परेका हुन् । महादेवाकै स्थानीय महादेव चौधरीको पोखरीमा बाढी पस्दा उनले पालन गरेको ४ हजार बढी माछा समेत बगेको स्थानीय विहारी चौधरीले बताए ।

जिल्लाको अधिकांश स्थानमा पछिल्लो छ घण्टामा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षाका कारण खोलानालामा बाढी आएपछि प्रशासनले उच्च सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

kailali badi2kailali badi3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप