‘बुलाकी’ जाफना इन्टरनेशनल सिनेमा फेस्टिभलमा छनौट
काठमाडौँ । नेपालीमा प्रदर्शनरत फिल्म ‘बुलाकी’ दक्षिण एसिया भित्र प्रतिष्ठित मानिने ‘जाफना इन्टरनेशनल सिनेमा फेस्टिभल २०२४’मा छनौट भएको छ । उक्त फेस्टिभल अन्तर्गतको उत्कृष्ट डेब्यू फिल्म प्रतिस्पर्धाको लागि यो फिल्म छनोट भएको हो ।
जाफना सिनेमा फेस्टिभलको दसौँ संस्करण आगामी सेप्टेम्बरमा हुँदै छ । ‘बुलाकी’ प्रतिस्पर्धामा छनोट भएको उक्त अवार्ड गतबर्ष नेपाली फिल्म ‘दि रेड सुटकेस’ले जितेको थियो ।
फिल्म निर्माता तथा अभिनेता विराज बिष्टले सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक फिल्म फेस्टिभलमा छनौट भएको बाँडेका छन् ।
विष्ट लेख्छन्, ‘तन, मन, धन र ज्यान बाजी लगाएर गरिएको कामले कहीँ न कहीँ सार्थकता पाउने रैछ, श्रीलङ्काको प्रतिष्ठित सिनेमा महोत्सव मा ‘बुलाकी’ छनोट भएको खुसी साट्न पाउँदा हर्षित छु ।’
नेपाल सरकारबाट विशेष फिल्मको अवार्डबाट पुरस्कृत यो फिल्मले यसअघि नै देश तथा विदेशका विभिन्न प्रतिष्ठित अवार्ड समेत जितिसकेको छ ।
फिल्म हेर्ने समीक्षक तथा दर्शकबाट ‘बुलाकी’लाई उत्कृष्ट प्रतिक्रिया प्राप्त भइरहेको छ । दोस्रो पटक प्रदर्शनमा आएको फिल्मले शुक्रबारबाट दोस्रो हप्ताको प्रदर्शनीको थालनी गर्दै छ ।
पश्चिम नेपालको कर्णाली र सुदूर पश्चिम भेगको सामाजिक कथा उठान गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका हुन् । यो फिल्ममा बिष्टसँगै सुरक्षा पन्त, नरेन खड्का, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीयको विरोधले रेलमार्ग निर्माणको काम रोकियो
-
१२ बजे, १२ समाचार : सरकारले खोस्यो १३ स्थानीय तहका हाकिमको जिम्मेवारीदेखि कांग्रेस सांसद गुरुङलाई पुरानै भ्रष्टाचारले फसादसम्म
-
चीनद्वारा नयाँ उपग्रह प्रक्षेपण
-
बलात्कारपछि हत्या गरेको अभियोगमा पाँच भारतीयलाई मृत्युदण्डको सजाय
-
गोरखामा आगलागी हुँदा तीन घर जलेर नष्ट
-
भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते