त्रिभुवन विश्वविद्यालयमा सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्रीसँग शिक्षामन्त्रीको माग
बुधबार, ०५ भदौ २०८१, ०८ : ५२

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था गर्न माग गरेकी हुन्।
त्रिभुवन विश्वविद्यालयमा केहि दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै दम्की दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको बताउँदै उनले गृहमन्त्रीसँग सुरक्षा व्यवस्था मिलाउन माग गरेकी हुन् ।
यस्ता क्रियाकलापमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याइ कारबाही गर्न समेत गृहमन्त्रीसँग माग गरिन्। त्रिविमा पदाधिकारीहरूमाथि धम्की दिने गरेको भन्दै त्यसमा आफूले समन्वय गरिरहेको बताइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश