रास्वपा केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा मङ्सिरमा प्रस्ताव गरिएको स्थानीय तहको उपनिर्वाचनमा सहभागिताबारे छलफल हुने बताइएको छ ।
बैठकले स्थानीय तह उपनिर्वाचनबारे रणनीतिक छलफल गर्ने एजेन्डा तय गर्ने पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
२०७९ को स्थानीय तह निर्वाचन पश्चात् रास्वपा स्थापना भएको हो । सोही वर्ष भएको केन्द्रीय निर्वाचन बाहेक रास्वपाले प्रदेश संरचनामा पनि चुनाव लडेन । यस हिसाबले प्रतिनिधिसभामा बाहेक अन्य दुई तहको संरचनामा रास्वपा प्रतिनिधिविहीन छ । यस्तो अवस्थामा आसन्न स्थानीय तह निर्वाचन लड्ने कि नलड्ने भनेर पार्टीले रणनीतिक छलफल केन्द्रीय समितिबाट अघि बढाउने तयारी भएको बुर्लाकोटीले रातोपाटीलाई बताए ।
यस्ता छन् केन्द्रीय समितिको बैठकको प्रस्तावित एजेन्डा:
१. समसामयिक राजनीति र पार्टी गतिविधि ।
२. राष्ट्रिय भेला ।
३. कर्णाली विशेष अभियान र सबै प्रदेशमा सभापति समेतको कार्यक्रम ।
४. सङ्गठन निर्माण सम्बन्धी कार्यविधि संशोधन ।
५. केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र उपलब्धि बारे छलफल ।
६. स्थानीय तह उपनिर्वाचन बारे ।
७. संविधान दिवसको कार्यक्रम बारे ।
८. भ्रष्टाचारको मुद्दाको हदम्याद, वर्तमान सरकारबाट भएको शिक्षामा राजनीतिकरणको निरन्तरताको प्रयास र भ्रष्ट एवं स्वार्थ बाझिनेलाई मन्त्री नियुक्ति गरिएको बारे छलफल।
९. केन्द्रीय अनुशासन आयोगको सिफारिस सहितको प्रतिवेदन बारे ।
१०. विविध
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
-
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष
-
१० लाख रुपैयाँ बढीको अबैध कपडासहित गाडी नियन्त्रणमा
-
कार्यकर्ता बलियो भएपछि मात्रै पार्टी बलियो हुन्छ : गगन थापा
-
रविलाई पक्राउ गर्न किन हतारियो प्रहरी ?
-
नेपालमा भइरहेको शिक्षक आन्दोलनप्रति विश्व शिक्षक महासंघको ऐक्यबद्धता