आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

८ जना तीर्थयात्री बगाएको खोलामा अस्थायी लाप्का

बुधबार, ०५ भदौ २०८१, ०८ : ३६
बुधबार, ०५ भदौ २०८१

मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साँघु भन्ने स्थानमा नगरपालिकाले अस्थायी साँघु बनाएको छ । सोमबाट छायानाथ धामबाट फर्कँदै गरेका तीर्थयात्रु मध्ये ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोलामाथि लगाइएको लाप्कोबाट खसेपछि मंगलबार नगरपालिकाले २ वटा लाप्का लगाएको हो ।

छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, नगर प्रहरी र वडा न १ श्रीनगर र घाट गाउँका स्थानीयहरूको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।

स्थानीयहरूले काठको एउटा लाप्को लगाएपनि सानो र हिँड्न साँघुरो लाप्को भएकाले तीर्थयात्री नदीमा खसेपछि सबैको सहयोगमा चाक्लो फराकिलो बनाइएको हो । 

गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्काखोलेर पक्की पुल लगाउन काम सुरु गरेपनि कछुवा गतिमा काम गर्दा मानिसलाई आवतजावत गर्न समस्या हुँदै आएको छ ।

छायानाथ रारा नगरपलिका वडा न १, १०, ११ र १२ बस्तीहरू र सिङ्गो मुगुमकार्मारोङ्ग गाउँपालिका बासिन्दा यहि खोला भएर आवतजावत गर्ने गर्छन् ।

सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउँका युवाहरू, नेपाल प्रहरी,नगर प्रहरीले उद्धार गरेका थिए । उद्धार गरिएका मध्ये ३ जनाको जिल्ला अस्पताल मुगुमा उपचार गरिएको छ ।

छायानाथबाट फर्कँदै गरेका तीर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जनातीर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरूले उद्धार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुँदा सरकारको चर्को आलोचना भएको थियो । 

खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राजमल्ल, धर्मराज बिक, बिष्णु बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका युवासहित ८ जना गमगाढ खोलामा खसेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप