खोलामा बगेका बालक मृत फेला
मङ्गलबार, ०४ भदौ २०८१, २१ : ५६

भरतपुर । चितवनको कालिका नगरपालिका–७ स्याउली बजार हुँदै बग्ने बुङ खोलाले बगाएर बेपत्ता भएका ६ वर्षीय बालक मृत फेला परेका छन् । कालिका–७ बस्ने उत्तम अर्यालका छोरा हरिराम खोला छेउमा हातखुट्टा धोइरहेका बेला बगेका थिए ।
आज घटनास्थलबाट करिब चार किमी तल कालिका–६ मुलिजुली चोकस्थित कुलोमा बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । मृत बालकको शव परीक्षणका लागि भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह