सुवेदीद्वारा सात लाख बराबरको छात्रवृत्ति प्रदान

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ निवासी श्याम सुवेदीको परिवारले विभिन्न १० विद्यालयका ८० जना छात्रालाई करिब सात लाख बराबरको छात्रवृत्ति प्रदान गरेका छन्।
मन्थली माविको सभा हलमा आयोजित एक कार्यक्रममा उक्त छात्रवृत्ति प्रदान गरिएको हो। समाजसेवी शिक्षा विद गुञ्जबहार श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा श्रेष्ठसहित समाजसेवी दीपक प्रसाईं, मन्थली माविका प्रअ टक दाहाल, वडा अध्यक्ष रामहरि पौडेल लगायतका व्यक्तित्वले मन्तव्य राखेका थिए।
पूर्णतर्फ छात्रवृत्ति पाउने छात्राहरूमा तामाकोसी क्याम्पस खिम्ती १२जना, सहिद स्मृति क्याम्पस मन्थलीका ६ जना, सेतीदेवी मावि सालुका १० जना, भैरवी मावि सुनारपानीका १० जना, सिद्धेश्वर मावि गैराथोकका १० जना, मन्थली माविका १० जना र आंशिकतर्फ १० वटै विद्यालयबाट २१ जना गरी ८० जना रहेका छन् ।
सुवेदीले नौ वर्ष अघिबाट छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्न सुरुवात गरेका हुन्।छोरीलाई शिक्षित बनाउँदा समाज शिक्षित बन्छ भन्ने अभियान सहितको यो कार्य सुरुवात गरेको उनको भनाइ थियो ।
कार्यक्रममा गीता सुवेदी ,पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुवेदीसहित प्रमिला न्यौपाने र पारिवारिक सदस्यहरुकाे उपस्थित रहेको थियाे।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली भारत भ्रमणमा
-
स्याङ्जाको जुग्ले–बाँगे सडक कालोपत्र
-
३ दशकदेखि राज्यको अर्बौ सम्पत्ति डाबर नेपालको कब्जामा
-
सेलिब्रेटीमाथि डिजिटल हिंसा : दीपाश्री, सुरक्षादेखि दुर्गेशसम्म कसरी भए सिकार ?
-
मगरभाषा संरक्षण तालिम
-
प्रतिष्ठानमा पार्टी कार्यालय राख्नु गलत: साह