डिजिटलमा कलाकारको गाईजात्रे झटारो
काठमाडौँ । सदनदेखि सडकसम्मका हरेक क्षेत्रको विकृतिप्रति खुलेर व्यङ्ग्य गर्ने पर्व हो, ‘गाईजात्रा’ । केहीवर्ष अघिसम्म गाईजात्रामा सहरका पे्रक्षालय हास्यव्यङ्ग्यका कार्यक्रमले भरिभराउ हुन्थे । कलाकारहरु असिनपसिन देखिन्थेँ भने दर्शकका हाँसो र खित्काले टोलहरू गुन्जायमान हुन्थे ।
पछिल्लो समय कलाकारको प्रस्तुति शैली फेरिन थालेको छ । अर्थात कलाकारहरूले विकृति, विसङ्गति र बेथिति केलाउँदै हास्यव्यङ्ग्य डिजिटल माध्यमबाट पनि पस्किन थालेका छन् । कलाकारको दुई समूहले भौतिक रूपमा राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम पस्किरहेका छन् । त्यस्तैमा केही कलाकारले डिजिटल माध्यमबाटै आधा दर्जनभन्दा बढी गाईजात्रे कोसेली बाहिर ल्याएका छन् ।
यसवर्ष डिटिलमा जाइत्रात्रे केसेली ल्याउनेमा कलाकार शिवशंकर रिजाल ‘जोजिन्दर’, कमल गाउँले, शैलेन्द्र सिंखडा, गोपाल तिमल्सिना, रुपेश रेग्मी, नवराज काप्रे, गोपाल ढकाल ‘छन्दे’, दमन रुपाखेती, प्रभाकर शर्मा लगायत रहेका छन् ।
शिवशंकरले ‘ठग –ठाग कोसेली’, शैलेन्द्रको ‘यसपालिको सिकार ¥याले, रेले र बन्दुके’, कमलले ‘भीषण ८४’, गोपाल चालिसेले ‘के होला के होला’, रुपेशले ‘गाईजात्रे भट्टी’, नवराजले ‘भालेको गाईजात्रा २०८१’, गोपाल ढकालले ‘गठबन्धन राजाहरू’, दमन रुपाखेतीले ‘मिसन २०८४ पत्तासाप’ र प्रभाकर शर्माले ‘जा जा आ बा एक प्रहसन’ ल्याएका छन् ।
कस्ता छन् डिजिटल गाईजात्रा
यसवर्ष डिजिटलमा भित्रिएका गाईजात्रामा प्रायः सबै कलाकारले राजनीतिदेखि समाजको विभिन्न विषयवस्तुलाई नै व्यङ्ग्यको विषय बनाएका छन् । केहीले प्यारोडी गीत समेत अटाएका छन् ।
कलाकार शिव शङ्कर रिजाल ‘जोगिन्दर’ले ल्याएको ‘ठग–ठाग कोसेली’मा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई झटारो हानिएको छ । दर्शक तथा श्रोतालाई हास्यव्यङ्ग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिने उद्देश्यले उनले यो कोसेली सार्वजनिक गरेका हुन् ।
विगत २२ वर्षदेखि नियमित व्यङ्ग्यका कोसेली दिँदै आएका जोगिन्दरको ‘ठग –ठाग कोसेली’मा ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी पनि छ । कोसेलीमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारिएको छ ।
रिजालको ‘ठग– ठाग कम्पनी’ २२औँ कोसेली हो । जसमा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले , सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धिरेन्द्र सिंह, साबित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेलको अभिनय छ ।
त्यस्तै, दुई दशकदेखि कलाकारितामा सक्रिय हास्य कलाकार गोपाल ढकाल (छन्दे)ले ल्याएको ‘गठबन्धन राजाहरू’मा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीको संवाद राखिएको छ ।
ढकाल आफै शेरबहादुर देउवा र सुरेश तिमल्सिना केपी शर्मा ओलीको चरित्रमा देखिएका छन् । ओली र देउवाको चरित्रमार्फत देश गणतन्त्रसम्म आइपुग्दा धेरै दलहरू बनेको, सत्तामा रहन नेताहरूले अनेक बहाना बनाएको, एकअर्कामा उचाल्ने पछार्नेदेखि सदन घेर्ने, सदन विघटन गर्ने गरेको र पछिल्लो राजनीतिक घटना क्रम समेटिएको छ । ‘गठबन्धन राजाहरू’मा राजु तिमल्सिनाको छायाङ्कन, गोपाल ढकाल(छन्दे) र सुरेश तिमल्सिनाको कन्सेप्टमा तयार भएको हो ।
यस्तै कलाकार कमल गाउँलेले ल्याएको ‘भीषण ८४’ पनि समसामयिक विषयले भरिएको छ । गाउँलेले ‘भीषण ८४’मा विशेष गरेर पछिल्लो समयको सरकार परिवर्तन, हिरो बालेन र समसामयिक विषय समेका छन् । विगत २४ वर्षदेखि गाउँलेको नियमित गाईजात्रे कोसेली आइरहेको छ । कमेडीमा एक प्यारोडी गति पनि छ ।
यस्तै हास्य कलाकार शैलेन्द्र सिंखडाले ल्याएको ‘यसपालिको सिकार र्याले, रेले र बन्दुके’मा वर्षभरि विभिन्न क्षेत्रमा देखिएको विकृति विसंगतिमा प्रहार गरिएको छ । उनले आफ्नो ब्याङ्ग्यमा अहिलेको नेताले देश नबन्ने ठोकुवा गरिएको छ ।
सिंखडाले खेलाडी, कलाकार नेताका लागि परेको बलात्कारको उजुरीमा पनि व्यङ्ग्य गरेका छन् । उनले आफ्नो गाईजात्रमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादर देउवा लगायत धेरै नेतालाई व्यङ्ग्य गरेका छन् । गिरीबन्धु टिस्टेज, भुटानी शरणार्थी, सहकारी लगायत समेत सिंखडाको ब्याङ्ग्यमा छ । सिंखडाको यो २६औँ कोसेली हो ।
यसैगरी गायक तथा कलाकार गोपाल तिमल्सिना ‘के होला के होला’मा पनि देशको विभिन्न विषयप्रति व्यङ्ग्य गरिएको छ । तिमिल्सेनाको गाइजात्रमा गायिका एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’मा प्यारोडी पनि बनेको छ ।
गोपाल मिमिल्सेना, सुमन ढकाल, अर्जुन आचार्य, रुन्द्र ढकाल लगायतको अभिनय समेत रहेको कमेडीमा सुन कान्ड, जग्गा कान्ड, जग्गा प्लटिङदेखि धेरै विषयमा ब्याङ्ग्य गरिएको छ । मिमिल्सनाले कृष्ण कडेल, समिला श्रेष्ठदेखि रास्वपाका मुकुल ढकाल पनि समेटिएका छन् ।
यस्तै, नवराज काप्रेको ‘भालेको गाईजात्रा २०८१’मा २०८४ मा नेताहरूलाई लखेट्ने कुरो गरेका छन् । काप्रेको नेपाली कांग्रेस, ऐमाले, माओवादीदेखि पार्टीका नेताहरुसम्मलाई व्यङ्ग्य गरिएको छ । काप्रेले कोसेली एउटा र्याप पनि समेटिएको छ । र्याप भने नविना सिल्वाल र नवराज काप्रेकै स्वर छ । धिरज कोइराला, रञ्जित विश्वकर्मा, देवेन्द्र काप्री, रोस्मित अधिकारी, सुशीला थापा, विष्णु सुनुवार, दुर्गा बस्नेत, पवन कार्कीको अभिनय छ ।
यस्तै रुपेश रेग्मीको कोसेली ‘गाईजात्रे भठ्टी’मा रक्सी, छिमेकी, नेतादेखि समसामाहिक बिषयबस्तुमाथि व्यङ्ग्य प्रहार गरिएको छ । टिकटक, महिला, साथी, ब्युटिपार्लरलगायतको विषयमा समेत उनले झटारो हानेका छन् ।
हास्य कलाकार दमन रुपाखेतीले पनि यो वर्ष ‘मिसन २०८४ पत्तासाप’ नाम गाईजात्रे कोसेली ल्याएका छन् । लामो समयदेखि कहिले डिजिटल र कहिले भौतिक गाईजात्रा गर्दै आएका दमनले यो पटकको गाईजात्रामा यमराज र चित्रगुप्तको चरित्र मार्फत नेतादेखि व्यापारीसम्मलाई व्यङ्ग्य गरेका छन् । विभिन्न राजनीति नेताको चरित्र समेत कलाकारको अभिनय मार्फत प्रस्तुत गरिएको छ ।
कलाकार प्रभाकर शर्माले पनि यो पटक गाईजात्राका लागि ‘जा जा आ बा एक प्रहसन’ नामक डिजिटल गाइजात्रा ल्याएका छन् । उनले प्रहसन मार्फत वैदेशिक रोजगार, राजसंस्था अन्त्य, गाउँ खाली भएका लगायत धेरै विषयमा व्यङ्ग्य गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५ अर्ब रुपैयाँ बराबरको गलैँचा निर्यात
-
झिनो अंकले बढ्यो नेप्से, पाँच अर्बको कारोबार
-
नेटफ्लिक्समा आयो स्कुइड गेम्सको दोस्रो सिजन
-
वरुणको बेबी जोनमाथि पुष्षा २ हाबी, कति कमायो चलचित्रले ?
-
‘बक्सिङ डे’ टेस्टमा जिम्बाबेका म्याच रेफ्री एन्डी पाइक्रफ्टको नाममा बनेको यो कीर्तिमान !
-
कर असुलीविरुद्ध आजपाले काठमाडौँमा विरोध प्रदर्शन गर्ने