‘एमपक्स नयाँ कोभिड होइन’
![‘एमपक्स नयाँ कोभिड होइन’](https://npcdn.ratopati.com/media/news/mpox_qquo2z6ebA.jpg)
जुरिख । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक अधिकारीले एमपक्स नयाँ कोभिड नभएको बताएका छन् । अहिलेको एमपक्स नयाँ हो कि पुरानै स्ट्रेन हो भन्ने थाहा नभएपनि यो नयाँ कोभिड चाँहि नभएको मंगलबार डब्ल्यूएचओको यूरोपका लागि क्षेत्रीय निर्देशक हान्स क्लुगले संयुक्त राष्ट्र संघमा मिडिया ब्रिफिङमा भनेका हुन् ।
यसको संक्रमण फैलिनबाट कसरी रोक्ने भनेर अधिकारीहरूलाई थाहा भएकोले यो नयाँ कोभिड नभएको उनले बताए । सबैले मिलेर यसलाई रोक्न सकिने र यसो गर्नै पर्नेमा पनि उनले जोड दिए ।
एमपक्सलाई नियन्त्रण गरेर विश्वभर फैलिन नदिने कि अर्को चक्रको अत्यास र बेवास्तामा छिर्ने भनेर आफैँले रोज्नु पर्ने पनि उनले बताए । एमपक्सको १बी भेराइटी निकट सम्पर्कमा रहेकाहरूमा छिटै सर्ने भएकोले यसले विश्वभर चिन्ता बढाएको छ । गएको हप्ता अफ्रिकाबाहिर स्वीडेनमा यसको पहिलो संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायिका एलिना चौहान र विष्णु सापकोटाको सम्बन्धविच्छेद मुद्दा टुंगियो
-
बेलायतमा भुपेन्द्रलाई दोहोरो स्वर्ण
-
उद्योग मन्त्रीलाई प्रश्नैप्रश्न : सांसदहरूका कारण मूल्यवृद्धि भएको हो ?
-
इजरायल र हमासबिचको युद्ध विराम सम्झौताबारे ट्रम्पले दिए यस्तो चेतावनी
-
एक्सेल्सियर र भ्याली भ्यू सेमिफाइनलमा
-
न्युजिल्याण्डलाई च्याम्पियन बनाएको दोस्रो संस्करण