बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनी सरकार

लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीले पाए विश्वासको मत

मङ्गलबार, ०४ भदौ २०८१, १६ : ३२
मङ्गलबार, ०४ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । 

मंगलबार आचार्यले प्रदेशसभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा छलफल सकिएसँगै मत विभाजन गर्दा उनले ७० मत पाएका हुन् । उनको विपक्षमा ११ मत मात्र परेको  सभामुख  तुलाराम  घर्ती  मगरले जानकारी दिए । 

आचार्य साउन ७ गते एमालेका २९ र कांग्रेसका २७ गरी ५६ प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।  आज आचार्यलाई  एमाले र कांग्रेससहित  जसपा, लोसपा र  नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत दिएका छन्। 

विपक्षमा भने  माओवादी र राष्ट्रिय जनमोर्चाका सांसदले  मतदान गरेका छन्  । यस्तै  राप्रपाका सांसद भने तटस्थ बसेको सभामुखले जानकारी दिए । राप्रपाका ४ सांसद रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप