नेता कोइरालाको प्रश्न : के हुनेखानेले मात्र मेडिकल शिक्षा पढ्न पाउने हो ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्वास्थ्य शिक्षा सर्वसाधारणको पहुँचबाट टाढा रहेको र सरकारी शैक्षिक संस्थामा पैसा नभए पढ्नै नसक्ने अवस्था आएको बताएका छन् ।
मंगलबार सुनकोशी इन्द्रावती समाज सिन्धुपाल्चोकले काठमाडौँको महाराजगञ्जमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आ-आफ्नो क्षेत्रबाट स्वास्थ्य सेवा वातावरण सहज बनाउन आग्रह गरे ।
'के मेडिकल शिक्षा हुने खानेले मात्रै पढ्ने हो?‚’ उनले प्रश्न गरे ।
नेता कोइरालाले स्वास्थ्य सेवा जनताको पहुँचबाट टाढा भएको बताए । सरकारी अस्पतालहरूमा समेत जनताले सेवा लिन नसक्ने अवस्थामा आएकोमा कोइरालाले चिन्ता व्यक्त गरे ।
‘आइओम (टिचिङ), वीर अस्पतालमा समेत जनताले पैसा तिरेर उपचार गर्न सक्ने अवस्था छैन । अन्य निजी अस्पतालबाट झन् जनताले कसरी सेवा लिनु‚’ उनले भने ।
नेता कोइरालाले स्वास्थ्य प्रणालीलाई सरल र सहज कसरी बनाउन सकिन्छ त्यतातिर ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्मामा बसेका कर्मचारीको आँखा छलेर मध्यरातमा प्रदेश निजामती विधेयक पारित
-
उत्खननका क्रममा महाभारतकालीन ‘दरबारको जग’ भेटियो
-
बस्तीबाट बेहोस पारेर नियन्त्रणमा लिइएको बाघलाई निकुञ्जमा छाडिने
-
आईपीएल क्रिकेटमा मुम्बईको पहिलो जित, पुछारमा धकेलियो कोलकाता
-
प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम
-
१२ बजे, १२ समाचार : संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णयदेखि दुर्गा प्रसाईं निकट देवी संग्रौला पक्राउसम्म