हसिनाविरुद्ध अर्को मुद्दा दायर

ढाका । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनामाथि अर्को पनि मुद्दा दायर भएको छ । सरकारी जागिरमा आरक्षणको विरोधमा भएको हिंस्रक प्रदर्शनका क्रममा रंगपुरमा अटो–रिक्सा चालक मानिक मियाको मृत्यु भएको थियो ।
उनको हत्याको आरोपमा सोमबार हसिनाविरुद्ध हत्यासम्बन्धी थप मुद्दा दायर भएको हो । यो मुद्दामा हसिनाको साथमा आवामी लिगका महासचिव, पूर्वगृहमन्त्री, पूर्ववाणिज्यमन्त्री पूर्वआईजीपी र सेवानिवत्त भइसकेका रंगपुर महानगरीय प्रहरी आयुक्तको पनि नाम मुछिएको छ ।
मानिक मियाकी आमाले सोमबार साँझ कूल १९ जनाविरुद्ध सो मुद्दा हालेकी थिइन् । मुद्दामा हसिनालाई मुख्य आरोपी भनिएको छ । अदालतले मुद्दालाई स्वीकार गर्दै यसलाई एफआईआरको रुपमा व्यवहार गर्न आदेश दिएको छ । योसँगै हसिनाविरुद्ध दायर भएको मुद्दाको सङ्ख्या २३ पुगेको छ ।
उनीमाथि १९ वटा हत्या, एउटा अपहरण र तीन वटा मानवता विरोधी अपराध अनि नरसंहारको आरोपमा मुद्दा दायर भएको छ । व्यापक विरोध प्रदर्शनका बिचमा अगस्ट ५ मा राजीनामा दिएर हसिना भारत भागेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा