शंकर पोखरेलको व्यङ्ग्य : भारतीजीले शेरबहादुरजीले पढ्नुहुन्छ भन्ने भाष्य निर्माण गरिदिनुभयो

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पढ्ने व्यक्ति भएको सन्देश भारती गिरीले दिन खोजेको भन्दै व्यङ्ग्य गरेका छन् ।
मंगलबार काठमाडौँमा नेपाली कांग्रेसका स्व. नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको दोस्रो स्मृति सभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
पोखरेल अगाडि बोलेकी स्व गिरी पत्नी भारतीले ३२ वर्षअघि शेरबहादुर देउवाले पुस्तक लगेपनि फिर्ता नगरेको भन्दै पुस्तक मागेकी थिइन् । सोही प्रसंगमा बोल्दै उनले भने‚‘३२ वर्ष अघि प्रमुख अतिथिजीले उहाँबाट एक किताब लिएर जानुभए छ । ३२ वर्षपछि उहाँले किताबको अपेक्षा गरेर प्राप्त हुन्छ भनेर चर्चा गरेको जस्तो लागेन बढो जोडका साथ भन्नुभयो । तर पाइन्छ भनेर चर्चा गरेको ठानेको छैन । दुई सन्देश देखेको छु ।’
उनले नेपालका राजनीतिक दलका नेताहरूले पढ्दैनन् भन्ने भाष्यलाई चिर्ने सन्देश गएको भन्दै थपे‚‘ भारतीजीको मनमा के छ थाहा छैन । नेपालको नेता पढ्दैनन् भन्ने भाष्य छ शेरबहादुर देउवाजी पढ्ने मान्छे हो भन्ने सन्देश दिन खोज्नुभयो । दोस्रो कुरा राजनीति गर्ने मान्छे पढ्नु पर्दछ जे कृष्णमूर्ती जस्ता किताब सहभागीले पनि पढ्नुभयो भने समाजलाई बुझ्न सहज हुन्छ भन्ने सन्देश दिन खोज्नुभयो ।’
उनले अहिले जनताहरू अराजकताको पछाडि झुम्मिने अवस्था अहिले बनेको भन्दै राज्यलाई जनता र लोकतन्त्रसँग जोड्न सक्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन
-
प्रकृति
-
तामाङ समुदायमा चैत्र शुक्ल पूर्णिमा : बौद्धमा बत्ती बालेर बालाजुमा स्नान
-
पूर्वराजालाई संसदीय समितिमा बोलाउन मिल्छ ? के भन्छन् वरिष्ठ अधिवक्ता भट्टराई ?
-
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन्, राजदूतले भेट्दा कुरा भएको हो : देउवा
-
भरतपुर अस्पतालमा प्लाष्टिकका झोला प्रतिबन्धित