२५ करोड रुपैयाँ सहुलियत दिँदापनि डीडीसीले दुधको रकम भुक्तानी दिन सकेन

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले २५ करोड रुपैयाँ सहुलियत रकम दिँदापनि दुग्ध विकास संस्थान (डीडीसी) ले किसानको दूधको रकम भुक्तानी गर्न नसकेको बताएका छन् ।
मंगलबार पत्रकारसँग भेटघाटका क्रममा मन्त्री अधिकारीले डीडीसीलाई मन्त्रालयले २५ करोड रुपैयाँ दिँदा पनि अझै पनि साढे एक करोड रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका हुन् ।
डीडीसीले किसानबाट ६५ रुपैयाँ प्रतिलिटर दूध खरिद गरेर १३० रुपैयाँ बढी रकम बेच्ने, सोही दूधबाट मक्खन पनि निकाल्ने तर दूध उधारोमा खरिद गरेको उनले उल्लेख गरे । साथै डीडीसीसँग २५ करोड रुपैयाँ बराबर दुग्धजन्य पदार्थ (मक्खन, पाउडर) मौज्दात रहेको बताए ।
यस्तै, कृषि बिमा भुक्तानी रकमका लागि अर्थ मन्त्रालयसँग सहमति हुन नसकेको उनले बताएका छन् । अधिकारीले दसैँभित्र रकम भुक्तानी नदिए आन्दोलन गर्ने उखु किसानले चेतावनी दिइसकेको बताए ।
मन्त्रालयबाट केही वर्षमा अनुदानका नाममा अर्बौँ रकम बाहिरिएको भन्दै उनले सो रकम सही ठाउँमा लगानी भए–नभएको खोजी गर्न निर्देशन दिइएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरायो चेन्नईको चमक, लगातार चौथो हार
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा