कृष ४ मा ऋतिक रोशनसँग बाँधिएको हो श्रद्धा कपूरको जोडी ?
![कृष ४ मा ऋतिक रोशनसँग बाँधिएको हो श्रद्धा कपूरको जोडी ?](https://npcdn.ratopati.com/media/news/1a72a343-8b6b-4141-8b43-459343d633d3_5zn04RUdWi.jpg)
नयाँ दिल्ली । बलिउडमा आजभोलि कमेडी, एक्सन, डिटेक्टिभ र हरर कमेडी फ्रेन्चाइजी फिल्मपछि सबैभन्दा रुचाइएको विधा सुपरहिरो फिल्म हो । बलिउडको सुपरहिरो फ्रेन्चाइजको सबैभन्दा सफल फिल्म कृषको चौथो भाग कृष ४ रिलिज हुनुअघि नै चर्चामा छ । करिब ११ वर्ष अगाडि रिलिज भएको कृषको अर्को भाग कहिले आउला भनेर फ्यानहरू पर्खिरहेका छन् ।
निर्माताहरू पनि फिल्म ल्याउने तयारीमा जुटेका छन् । फिल्मको मामिलामा उनीहरूले कुनै कसर बाँकी नराखेको खबर पनि आइरहेका छन् । तर फिल्म आउन केही समय लाग्नेछ । फिल्मको स्क्रिप्ट तयार भएसँगै निर्माताहरूले कास्टिङ प्रक्रिया पनि सुरु गरिसकेको फिल्ममा ऋतिक रोशनको साथमा मुख्य भूमिकामा ‘स्त्री’ फेम श्रद्धा कपूरलाई कास्ट गरिएको खबर पनि आइरहेको छ । तर फिल्म सम्बद्ध स्रोतले यसको खन्डन गरेको छ ।
‘ कृष ४ भारतको सबैभन्दा महत्त्वाकाङ्क्षी सुपरहिरो फिल्म हो । फिल्म प्रि–प्रोडक्शनको काम तीव्र भइरहेको छ । अहिले क्रिएटिभ टोलीले स्क्रिप्टलाई अन्तिम रूप दिइरहेका छन् । फिल्मको कास्टिङसम्बन्धी सबै समाचार झुटा हुन् । हामीले अझै कास्टिङ प्रक्रिया सुरु गरेका छैनौँ,’ फिल्म सम्बद्ध एउटा स्रोतले बताएको भन्दै बलिउड हंगामामा एक समाचारमा लेखेको छ ।
ऋतिक अहिले वार २ को सुटिङमा व्यस्त छन् । श्रद्धा कपूरको ‘स्त्री २’गएको हप्ता मात्रै हलमा रिलिज भएको थियो । यो फिल्म ठूलो ब्लकबस्टर बनेको छ । कृष सन् २००३ मा आएको कोइ मिल गयाको सिक्वेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘केबलकारले पहिचानको प्रवर्द्धन गर्छ, नागरिकको जीवनस्तरमा सुधार ल्याउँछ’
-
२७ वर्षपछि दिल्लीमा भाजपाको पुनरागमन
-
केजरीवालको हारलगत्तै दिल्ली मुख्यमन्त्रीको सचिवालयमा मोदीले गराए सिल
-
आगलागीपछि खानेपानी मन्त्रालयको मर्मत सम्भार कार्य सुरु
-
धनुषाधामप्रति श्रद्धालुका अनेक विश्वास
-
निर्वाह भत्ताबारे निर्णय कार्यान्वयन गर्न पत्राचार