मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिसिलीमा डुबेको योटमा मोर्गन स्ट्यानलीका हाकिम पनि

मङ्गलबार, ०४ भदौ २०८१, १२ : ०३
मङ्गलबार, ०४ भदौ २०८१

वासिङ्टन डीसी । सोमबार सिसिलीमा डुबेको लक्जरी योटमा अमेरिकी बहुराष्ट्रिय लगानी बैंक मोर्गन स्ट्यान्लीका अध्यक्ष जोनाथन ब्लूमर पनि रहेको खुलासा भएको छ । सिसिलीको नागरिक सुरक्षाले बीबीसीलाई बताएअनुसार सोमबार आँधीका बिचमा लक्जरी योट डुबेको थियो ।

योटमा सवारमध्ये ६ जना अझै बेपत्ता रहेको बताइएको छ । बेपत्ता हुनेमा ब्लूमर बाहेक क्लिफोर्ड चान्सका वकिल क्रिस मोर्भिल्लो पनि छन् । भूमध्ये टापुको किनारबाट करीब ७०० मिटर पर सो दुर्घटना भएको थियो । योटमा बेलायती टेक टाइकुल माइक लिन्च, उनकी छोरी हनाह पनि बेपत्ता भएको खबर आएको थियो ।

५६ मिटर लम्बाई भएको बेइसियन योटमा बेलायती, अमेरिकी र क्यानडेलीसमेत गरेर २२ जना सवार थिए । तीमध्ये १५ जनाको उद्धार गरिएको छ । उद्धार गरिनेमा एक वर्षकी बेलायती बालिका पनि छिन् । योटका कूकको शव भेटिएको पुष्टि पनि भएको छ । ठुलो आँधी आइरहँदा योट सोमबार स्थानीय समयअनुसार बिहान ५ बजे डुबेको थियो । योटमा १० जना क्रु र १२ जना यात्री थिए । योट ५० मिटर तलको पिँधमा भेटिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप