कृषि कर्मचारीको समस्या छिट्टै समाधान हुन्छ : मन्त्री अधिकारी
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि प्राविधिक कर्मचारीको समस्या छिटै समाधान हुने बताएका छन् ।
मन्त्री अधिकारीले आज पत्रकारसँग भेटघाटका क्रममा कृषि प्राविधिक कर्मचारीको समस्या समाधान हुने बताएका हुन् ।
मन्त्री अधिकारी नियुक्ति भएको ३५ दिनमा पत्रकारसँग भेटघाटका क्रममा अब आउने क्याबिनेटबाट कृषि कर्मचारीको समस्या समाधान हुने भनाइ राखे ।
मन्त्रालयमा धर्नामा बसेका आन्दोलनरत ३७८ जना कृषि प्राविधिक कर्मचारीमध्ये १२९ जनाको पद दर्ता गरिने भए पछि आन्दोलन स्थगन भएको छ।
२०७५ सालमा सङ्घीयतामा कर्मचारी समायोजन गर्दा ३७८ जना कृषि प्राविधिक कर्मचारीको पद दर्ता हुन सकेको थिएन । सो पद दर्ता नहुँदा ती सबै कर्मचारीको वृद्धि विकास हुन नसकेकाले उनीहरू ४३ दिन मन्त्रालयको प्रवेशद्वारामा धर्ना बसेका थिए ।
२०७५ सालमा समायोजन हुँदा पद दर्ता नहुँदा ६ वर्षदेखि पदपूर्ति प्रक्रिया रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद् बैठकमा सभापति लामिछानेको विषय उठान गर्ने रास्वपाको निर्णय
-
सरकारले ल्याएका अध्यादेश स्वीकृतका लागि प्रतिनिधि सभामा प्रस्तुत गरिने
-
काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ
-
भेरी नदीको पानी वीरेन्द्रनगर उपत्यकामा ल्याउन कसरी भइरहेको छ काम ?
-
टिजरमा यस्तो देखियो अन्तर्राष्ट्रिय अवार्ड विजेता ‘राजागंज’
-
देशभर २ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप