कोइली वाणगंगा खोलामा जलसतहले सतर्कता तह पार गर्यो, अन्यत्र कहाँ-कहाँ छ बाढीको जोखिम ?
मङ्गलबार, ०४ भदौ २०८१, १० : २४

काठमाडौँ । कपिलवस्तुमा कोइली वाणगंगा खोलाको जलसतह आजबिहान सतर्कता तह पार भएको छ । उक्त क्षेत्रमा आज अपराह्न ४ बजेसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
आज नारायणी र यसको सहायक कालिगण्डकी, तिनाउ, बाणगङ्गा लगायतको नदीहरूको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो हुने पूर्वानुमान गरिएको छ ।
आज चितवन, नवलपरासी, पाल्पा, रुपन्देही भई बहने अधिकांश नदीहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको उच्च जोखिम रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय तहलाई पशुपन्छीमा देखापर्ने रोगको रिपोर्टिङ गर्न आग्रह
-
एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
-
आदित्यनाथ फोटोमा एमालेको आशंका भारततिर
-
कोरम नपुगेको भन्दै सिन्धु विकास बैँकको साधारणसभा स्थगित
-
तीन प्रदेशमा राति पानी पर्ने सम्भावना
-
त्रिवि केन्द्रीय क्याम्पसमा एमाले र समाजवादीका विद्यार्थी संगठन एक भएर चुनाव लड्ने