बुटवलमा सवारी दुर्घटना, एक जनाको मृत्यु
मङ्गलबार, ०४ भदौ २०८१, ०८ : ४९
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय बुटवल अनुसार अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपस ठक्कर खाएका थिए।
स्कुटर बलेरोमुनि पस्दा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ मृत्यु भएको हो ।
श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्।
उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने ठक्कर दिएर फरार रहेका मोटर साइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै