डिसी स्थित नेपाली दूतावासमा दुई दिने नेपाल–अमेरिका ऐतिहासिक दुर्लभ फोटो प्रदर्शनी सम्पन्न
अमेरिका । वासिङ्टन डिसी स्थित नेपाली दूतावासमा नेपालका चर्चित फोटोग्राफर किरणमान चित्रकार सहित चार पुस्ताले खिचेका दुर्लभ तस्बिरहरू प्रदर्शन गरिएको छ । उक्त प्रदर्शनमा राखिएका दुर्लभ तस्बिरहरूको अवलोकन गर्दै विदेशी तथा नेपाली दर्शकहरूले मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
दूतावासले गत बिहीबार र शुक्रबारका दिन वाशिङटन, डीसीमा ‘नेपाल–अमेरिका सम्बन्ध– चित्रकार लेन्समार्फत साझेदारी’ शीर्षकमा दुई दिने तस्बिर प्रदर्शनी आयोजना गरियो ।
प्रदर्शनीको उद्घाटन कार्यवाहक राजदूत कुमारराज खरेलले गरेका थिए । उक्त प्रदर्शनीमा अमेरिकी विदेश विभागका उपसहायक सचिव (डीएएस) निकोल चुलिक, युएसएआईडीका उपसहायक प्रशासक (डीएए) अञ्जली कौर, विदेश विभागका अन्य अधिकारीहरू र अतिथिहरूको उपस्थित रहेको थियो ।
साथै उक्त समारोहमा अन्य अमेरिकी एजेन्सीहरू, नेपालका लागि पूर्व अमेरिकी राजदूतहरू र नेपाली-अमेरिकी समुदायका सदस्यहरूको समेत सहभागिता रहेको थियो ।
प्रदर्शनीमा नेपाल सरकारका पूर्व आधिकारिक फोटोग्राफर किरणमान चित्रकार, उनका हजुरबुवा दिर्घमान चित्रकार, उनका बुबा गणेशमान चित्रकार र उनका छोरा स्वराजमान चित्रकारले खिचेका नेपाल–अमेरिका सम्बन्धसँग सम्बन्धित कूल ३५ वटा छनोट गरिएका ऐतिहासिक तस्बिरहरू राखिएका थिए।
तस्बिरहरू किरणमान चित्रकारकी छोरी र कला इतिहासकार क्रिस्टीना चित्रकारले लेखन तथा प्रवन्ध गरेकी हुन्। अतिथिहरूलाई स्वागत गर्दै खरेलले नेपाल(अमेरिका सम्बन्धका महत्त्वपूर्ण ऐतिहासिक क्षणहरूलाई प्रकाश पारे।
किरणमान चित्रकारको कामको प्रशंसा गर्दै डीएएस चुलिक र डीएए कौरले नेपाल र अमेरिकाबिचको निकट र लामो समयदेखिको बहुपक्षीय द्विपक्षीय सम्बन्धका विभिन्न पक्षहरूमा प्रकाश पारे।
पहिलो दिन अगस्त १५ बिहीबारका दिन प्रदर्शनीमा कूटनैतिक तथा सङ्घीय–सरकारी कार्यालयमा कार्यरत अधिकारीहरूलाई आमन्त्रित गरिएको थियो । नेपाल र संयुक्त राज्य अमेरिका बिचको ऐतिहासिक सम्बन्ध झल्काउने तस्बिर प्रदर्शनीको उद्घाटन समारोह साँझ बेलुकी ६ देखि ८ बजेसम्म राजदूत निवासमा सम्पन्न गरियो । दोस्रो दिन अगस्त १६,शुक्रबारका दिन दिउसो ३ बजे देखि ६ बजे सम्म खुला गरिएको थियो ।
उक्त प्रदर्शनीमा उनीहरूका हजुरबुवा र बुवा दरबारका चित्रकार र कोर्ट फोटोग्राफर दीर्घमान चित्रकारले खिचेका ऐतिहासिक तस्बिरहरू प्रदर्शनमा राखिएका थिए ।
उक्त प्रदर्शन मार्फत नेपाल र अमेरिका दुई राष्ट्रबिचको चिरस्थायी मित्रताको परिचय तथा सम्बन्धको बारेमा अझ जानकारी प्राप्त गर्न सकियोस् भन्ने हेतुले आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता