अमेरिकाको मनाससमा मिलन, खेम, अञ्जलि र राधिकाको बेजोड प्रस्तुति
अमेरिका । साङ्गीतिक यात्रा 'युएसए टुर २०२४' नामक कार्यक्रमका लागि अमेरिका आएका नेपालका प्रसिद्ध कलाकारहरू अञ्जलि अधिकारी, मिलन नेवार, राधिका कँडेल, र खेम सेन्चुरीले बेजोड प्रस्तुति दिएका छन् ।
गत अगस्त १८ आइतबारका दिन अमेरिकाको डिसी क्षेत्रको मनासस सहरमा आयोजना गरिएको साङ्गीतिक यात्रा युएसए टुर नामक कार्यक्रममा अरेली काँडैले ,फुलबुट्टे सारी ,सोचे झैँ जिन्दगी जस्ता गीत र नृत्यमा कलाकारहरूको प्रस्तुति अद्वितीय रह्यो ।
मनाससमा पहिलो कार्यक्रम सम्पन्न पछि अब यो साङ्गीतिक यात्रा युएसए टुर कार्यक्रम अमेरिकाको भर्जिनिया ,मेरिल्याण्ड,नर्थ क्यारोलाइना,पेन्सेलभेनिया, न्युयोर्क,कनेक्टिकट ,बोस्टन ,टेक्सस ड्यालस ,टेक्सस अस्टिन,क्यालीफोर्निया ,ओहायो ,जर्जिया तथा मिसिगन राज्यमा हुनेछ । अमेरिकामा यो कार्यक्रम डिसी नेपलिज फुटबल क्लबले ल्याएको हो ।
कार्यक्रमको शुभारम्भमा डिसी नेप्लिन फुटबल क्लबका संस्थापक चन्द्रलामाले सबैलाई स्वागत गरेका थिए । लामाले प्रारम्भमै विगत १८ दिन देखि हराई रहेकी २८ वर्षीय ममता काफ्ले भट्टको बारेमा छोटो चर्चा गरे । त्यसै गरी आयोजकको तर्फबाट बिनालामा खड्का, डा मदन उप्रेती ,हर्नडन नगरका नगर परिषद् सदस्य प्रदीप ढकालले १–१ मिनेट बोल्न साथ कार्यक्रम नृत्यबाट सुरु गरिएको थियो ।
अञ्जलि अधिकारीले दुई पटक नृत्य गरेकी थिइन् । प्रारम्भमा लोकप्रिय गीतमा नृत्य गरेकी थिइन् भने दोस्रो पटक अरेली काँडैले जस्ता गीतमा नृत्य प्रस्तुति गरेकी थिइन् । उनी चर्चित नृत्यांगना भएकोले उनलाई दर्शकले फेरी नाच्न अनुरोध गरेका थिए ।
त्यस्तै खेम सेन्चुरीका दर्जनौँ गीतहरू चर्चित छन् । उखु गुलियो, नन्दनी, झ्यालमा पर्दा छ, कपालु कोरेर, हान्छु तिमीलाई लौरीले, सोचे झैँ जिन्दगी रैनछ,अरेली काँडैले रहेका छन् । उनले बोल्दै र आयोजकलाई धन्यवाद दिँदै आधा दर्जन भन्दा गीत प्रस्तुति गरेका थिए ।
लोकप्रिय गायिका मिलन नेवारले पनि आधा दर्जन गीतहरू गाएकी थिइन् । उनले फुलबुट्टे सारीलाई ३ पटक गाएकी थिइन् । सबै कलाकारहरूको प्रस्तुतिमा दर्शकहरूले साथ दिएका थिए । दर्शकहरूले मनोरञ्जन गर्दै गीतमा झुमेका थिए ।
सबै कलाकारहरूले बेपत्ता भएकी ममता काफ्ले भट्ट छिट्टै फेला परुन् र सुरक्षित घर फर्किन सकुन् भन्दै प्रार्थना गरेका थिए । सबै समुदायहरू ममताकै खोजीमा व्यस्त रहेको र मानसिक रूपमा निकै चिन्तित रहेकोले रमाइलो कार्यक्रममा दर्शकहरू अपेक्षा भन्दा कम रहेका थिए । दर्शकहरूको उपस्थिति अलिक केही कम रहेता पनि आयोजकले यसबाट उठेको सबै रकम ममताको लागि समर्पण गर्ने बिनालामा खड्काले घोषणा गरिन ।
त्यस्तै नेपालबाट आएकी चर्चित कलाकार अञ्जलि अधिकारीले आफ्नो पारिश्रमिक न्याकलाई दिने घोषणा गरिन । कार्यक्रम सञ्चालन राजश्री श्रेष्ठ तथा राधिका कँडेलले गरेका थिए । राधिका कँडेलले एक कमल ओलीको हास्यव्यङ्ग्य प्रस्तुति गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईयूद्वारा नाइजरका लागि खटाएका दूत फिर्ता : प्रवक्ता
-
‘विपद् जोखिम न्यूनीकरणका लागि पूर्वाधार एवं जनचेता अभिवृद्धि आवश्यक’
-
सडक पूर्वाधारमा कर्णाली : ६ वर्षमा १५६.७६ किलोमिटर सडक कालोपत्रे
-
अरुण नदीमा पूजा गर्ने क्रममा एक जना बेपत्ता
-
ललितपुर जिल्लाभित्र बसोबास गर्ने माओवादी नेताहरुसँग छलफल
-
मनलाई जिते जित : आचार्य महाप्रज्ञले मनलाई देखाएको बाटो