आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
कूटनीति

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाको भेटवार्ता

सोमबार, ०३ भदौ २०८१, २१ : ०४
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेकी छिन् । उनले सोमबार साँझ  हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेकी हुन् । 

परराष्ट्रमन्त्री राणाले भारतका प्रधानमन्त्री मोदीसँग सोमबार साँझ नयाँ दिल्लीमा शिष्टाचार भेट भएको जानकारी दिएकी छिन् । भेटवार्तामा नेपाल–भारत सम्बन्ध र यसको बहुआयामिक विविधताका विषयमा कुराकानी भएको उनले बताइन् । 

नेपालको परराष्ट्रमन्त्रीका रूपमा आफ्नो भ्रमण र उच्चस्तरीय भेटवार्ताबाट नेपाल र भारतबिचको ऐतिहासिक सम्बन्ध थप उचाइमा पुग्ने अपेक्षा गरेको उनले उल्लेख गरेकी छिन् । 

त्यस्तै भारतीय प्रधानमन्त्री मोदीले नेपालका परराष्ट्रमन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका छन् । परराष्ट्रमन्त्री राणासँगको भेटलगत्तै प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत मन्त्री मन्त्री राणालाई स्वागत गर्न पाउँदा खुसी लागेको बताएका हुन् । 

प्रधामन्त्री मोदीले भारत र नेपालबीच घनिष्ठ सभ्यताको सम्बन्ध  प्रगतिशील र बहुआयामिक साझेदारी रहेको बताउँदै दुई देशबीचको विकास साझेदारीमा भारत निरन्तर गतिको लागि तत्पर रहेको बताएका छन् ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप