इन्द्रावतीमा पहिरोले आत्तिनुपर्ने अवस्था छैन : प्रहरी
सोमबार, ०३ भदौ २०८१, २१ : ००
काठमाडौँ । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकास्थित इन्द्रावतिमा पहिरो खसेपछि नदी तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । गाउँपालिकाको वडा नम्बर–७ र १ को बिचमा वडा नम्बर १ तिरबाट नदीमा पहिरो खसेको छ ।
पहिरोका कारण नदीको निकास नरोकिएको हुनाले खतराको अवस्था नभएको सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए । तिपेनी भन्ने ठाउँमा गएको पहिरोका कारण मेलम्ची बजार आसपासका बासिन्दा प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा सतर्कता अपनाउन भनिएको र थप पहिरो खसेमा निकास दिन स्काभेटर तयारी अवस्थामा राखिएको एसपी खड्काले जानकारी दिए ।
सेनाले जोखियुक्त अवस्था आएमा विष्फोट गराउन टिम परिचालन गरेको छ । पहिरोका कारण पाँचपोखरी अस्पताल उच्च जोखिममा परेको छ । तटीय क्षेत्रमा सावधानी अपनाउन भनिएको एसपी खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा
-
दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीको वास्तविकता बोल्नुपर्छ : मुख्यमन्त्री कँडेल