सिन्धुपाल्चोकको इन्द्रावती नदी खोलिँदै, नदीको प्रवाह बढ्दै
काठमाडौँ । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि खाेल्न लागिएको छ । नदी आंशिक रूपमा थुनिएपछि स्काइभेक्टर लगाएर खोल्न लागिएको हो ।
नदीको प्रवाह बढिरहेको गाउँपालिका विपद् फोकल पर्सन नारायण क्षेत्रीले जानकारी दिए ।
गएरातिदेखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव बढ्न थालेपछि तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका छन् ।
पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने बताइएको छ ।
पहिरो खसेको भागमा ढुङ्गा, गेग्रान, माटो थुप्रिएर बसेको क्षेत्रीले बताए ।
यसैबिच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना निकालेर पाँच पोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म
-
३० वर्षपछि अचाक्ली आकाशियो कफीको मूल्य
-
गढीमाई मन्दिरलाई विश्वसम्पदा सूचिमा समावेश गर्न प्रदेश सरकारले पहल गर्छ : मुख्यमन्त्री सिंह
-
जुम्ला साक्षर जिल्ला घोषणा