बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिन्धुपाल्चोकको इन्द्रावती नदी खोलिँदै, नदीको प्रवाह बढ्दै

सोमबार, ०३ भदौ २०८१, २० : ३७
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी थुनिएपछि खाेल्न लागिएको छ । नदी आंशिक रूपमा थुनिएपछि  स्काइभेक्टर लगाएर खोल्न लागिएको हो ।   

नदीको प्रवाह बढिरहेको गाउँपालिका विपद् फोकल पर्सन नारायण क्षेत्रीले जानकारी दिए ।

गएरातिदेखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव बढ्न थालेपछि तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका छन् ।

पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने बताइएको छ ।  

पहिरो खसेको भागमा ढुङ्गा, गेग्रान, माटो थुप्रिएर बसेको क्षेत्रीले बताए ।  

यसैबिच जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना निकालेर पाँच पोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका र इन्द्रावती गाउँपालिकाका नदी तटीय क्षेत्रमा बस्ने स्थानीयलाई सचेत रहन आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप