कोहलपुर–सुर्खेत राजमार्गमा दुई वटा गाडी दुर्घटना : ३३ जना घाइते, एकको अवस्था गम्भीर
सुर्खेत । कोहलपुर–सुर्खेत अन्तर्गत रत्न राजमार्गमा दुईवटा फोर्स गाडी दुर्घटना भएका छन् । सोमबार दिउँसो फरक–फरक समयमा ती गाडीहरू दुर्घटनामा परेका हुन् ।
दुई वटा गाडी दुर्घटनामा परी ३३ जना घाइते भएका प्रहरीले जनाएको छ । सुर्खेत प्रहरीका अनुसार लु१च ४०९१ नम्बरको एउटा फोर्स गाडी रत्न राजमार्ग (कोहलपुर–सुर्खेत) अन्तर्गत भेरीगंगा नगरपालिकाम–१२, को पाडुले भन्ने ठाउँमा सोमबार दिउँसो दुर्घटनामा परेको हो ।
उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । कोहलपुरबाट सुर्खेत आउँदै गरेको उक्त गाडी दुर्घटना हुँदा घाइते भएका एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता, प्रहरी नायव उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले रातोपाटीलाई जानकारी दिए ।
यस्तै दिउँसो ३ः२० बजे भेरीगंगा नगरपालिका–५ एमाले मोड (बबइको छेउ) मा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको अर्को फोर्स गाडी दुर्घटनामा परेको छ । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको उक्त गाडी अनियन्त्रित भएर सडक छेउको नालामा ठोक्किएको विश्वकर्माले बताए ।
उक्त गाडी दुर्घटनामा २१ जना घाइते भएका उनले बताए ।
एमाले मोडमा भएको दुर्घटनाका घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेज र पाडुलेको दुर्घटनामा घाइतेहरूको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा सहित एक जना पक्राउ
-
कीर्तिपुरमा विरासत जोगाउने र उल्टाउने चुनौतीमा कांग्रेस–एमाले, इतिहास रच्ने दाउमा माओवादी
-
‘बीबीए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो