सार्वजनिक निकायबाट हुने गतिविधि पारदर्शी र खुला हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले सार्वजनिक निकायबाट हुने हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका छन् ।
सोमबार राष्ट्रिय सूचना आयोगले आयोजना गरेको १८ औँ राष्ट्रिय सूचना दिवस विशेष समारोहमा बोल्दै उपराष्ट्रपति यादवले लोकतन्त्रमा सार्वजनिक निकायबाट भएका हरेक गतिविधि पारदर्शी र खुला हुनुपर्ने बताएका हुन् । उनले नागरिकले सूचना माग गरेको अवस्थामा प्रत्येक सार्वजनिक निकाय र कार्यरत पदाधिकारीले तत्कालै उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले सूचनाको हकलाई विश्वभर सर्वसाधारण नागरिकका लागि आवश्यक अधिकारका रूपमा स्वीकार गरिएको उल्लेख गरे । उनले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षले थप सजगता र सक्रियता साथ प्रयास गर्नुपर्नेमा जोड दिए ।
उपराष्ट्रपति यादवले सूचनाको हकले सरकारी काम, कारबाहीहरूलाई पारदर्शी बनाउने पनि बताए । उनले सूचनाको हकले सरकारी अधिकारीहरूलाई सेवा प्रवाहका लागि जबाफदेही बनाउँदै भ्रष्टाचार र अनियमिततालाई कम गर्न पनि सघाउने बताए ।
उपराष्ट्रपति यादवले राष्ट्रिय सूचना आयोगको प्रयासबाट नेपालमा सूचनाको हकले भ्रष्टाचारको खुलासा, सार्वजनिक सेवाहरूमा सुधार, नीतिहरूमा पारदर्शिता, सामाजिक न्याय र सशक्तीकरणमा सहयोग पुर्याएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वान्सी सिटीको सहमालिक बने चर्चित फुटबलर लुका मोड्रिच
-
९ महिनामा करिब ५८ अर्ब वैदेशिक लगानी प्रतिबद्धता, कुन क्षेत्रमा कति लगानी ?
-
झुक्किएर डिपोर्ट भएकालाई अमेरिकाले फिर्ता नल्याउने
-
शिक्षकहरूका मागका विषयमा तीन मन्त्री छलफलमा
-
आणविक हतियारको मुद्दामा इरानबारे के भन्छन् ट्रम्प ?
-
युक्रेन युद्धमा मारिएकाहरूबारे के भन्छन् ट्रम्प ?