बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
लुम्बिनी प्रदेश

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै, यस्तो छ अंकगणित

सोमबार, ०३ भदौ २०८१, १६ : १९
सोमबार, ०३ भदौ २०८१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् ।

लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

विश्वासको मतको पक्षमा मतदान गर्न नेकपा एमाले, नेपाली कांग्रेस, जनमत पार्टी र नागरिक उन्मुक्तिसहित साना दलले ह्विप जारी गरेका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले नेपाली कांग्रेसले आफ्ना सांसदहरूलाई मंगलबारको प्रदेशसभामा उपस्थित भएर मुख्यमन्त्रीको पक्षमा मतदान गर्न ह्विप जारी गरेको बताइन् । 

त्यस्तै एमाले संसदीय दलको बैठकले पनि विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेका छन् । 

गत साउन ७ गते आचार्य कांग्रेसका २७ र एमालेका २९ गरी ५६ जना सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा आवश्यक बहुमतको लागि ४४ सांसद चाहिन्छ ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री भुमिश्वेर ढकालले माओवादी, जनमोर्चा, एकीकृत समाजवादी र राप्रपाबाहेक अन्य दलहरूले सरकारलाई विश्वासको मत दिने रातोपाटीलाई बताए ।

जनमत पार्टीका लुम्बिनी प्रदेश संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मधेस र सङ्घ सरकारलाई आफ्नो पार्टीले समर्थन गरेकाले लुम्बिनीमा एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिने पार्टीले निर्णय गरेको बताए । 

लोसपा संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयले पनि मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिने पार्टीको निर्णय भएको बताएका छन् ।

यो हिसाबमा लुम्बिनीमा एमालेका २९, कांग्रेस २७, लोसपा ३, जनमत पार्टीका ३, जसपा २, जसपा नेपाल १ र नागरिक उन्मुक्तिका ४ सांसद गरी ६९ सांसदले मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने देखिएको छ । यसैगरी मुख्यमन्त्रीको विपक्षमा माओवादी ११, नेकपा एस, राजमो र स्वतन्त्र १/१ गरी  १४ सांसद देखिएका छन् । राप्रपाको ४ जना संसद् भए पनि उसले पक्ष विपक्षमा कता मतदान गर्ने भन्ने कुनै निर्णय गरिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप