डेंगुको 'हटस्पट' बन्यो तनहुँ

काठमाडौँ । तनहुँ जिल्ला डेंगु संक्रमितको 'हटस्पट' बनेको छ । पछिल्लो तथ्याङ्क अनुसार सबैभन्दा बढी डेंगु सङ्क्रमित तनहुँमा देखिएका हुन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले गत माघयता देशभर पुष्टि भएका ३ हजार ७५५ जना डेंगु सङ्क्रमितमध्ये सबैभन्दा धेरै तनहुँमा ७१५ जना रहेको जनाएको छ ।
देशभरका ७७ मध्ये ७४ जिल्लामा डेंगु फैलिएको र जसमा १९ प्रतिशत सङ्क्रमित तनहुँमा भेटिएको ईडीसीडीले जनाएको छ ।
यस्तै, काठमाडौँमा ३५४ जना, कास्कीमा २७४, झापामा १४७ जना सङ्क्रमित छन् । यस्तै, चितवनमा १४५ जना, पर्वतमा १३६ जना, मकवानपुरमा ९० जना, गोरखाका ८५ जना डेंगु सङ्क्रमित छन् ।
यस्तै, संखुवासभाका ८३ जना र भोजपुरका ८२ डेंगु सङ्क्रमित छन् । यी दश जिल्लामा देशभरका सबैभन्दा बढी डेंगु सङ्क्रमित संख्या हुन् । गत वर्षको माघ मध्ययता ३ हजार ७५५ जनामा डेंगु सङ्क्रमण देखिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो
-
परिणाममुखी काम गर्न नसके कमान्डबाट फिर्ता गर्ने सशस्त्रका आईजीपी अर्यालको चेतावनी
-
भाजपा विदेश विभाग प्रमुख चौथाइवाले नेपालमा
-
प्रादेशिक संरचना निर्माणमा राजनीतिक नेतृत्वको चासो छैन
-
चेकजाँचका क्रममा भागेको कार दुर्घटना, ४ सय २१ किलो गाँजा बरामद
-
फाइल बोकेर म आफैँ सिंहदरबार गएँ : मुख्यमन्त्री लामा