आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय
कूटनीति

भारतीय प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री राणाले साँझ भेटवार्ता गर्ने तय

सोमबार, ०३ भदौ २०८१, १५ : ४६
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा (देउवा)ले सोमबार साँझ साढे ७ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । उनले सोमबार दिउँसो मोदीलाई भेट्ने भनिएपनि मोदीको कार्यव्यस्तताका कारण साँझ भेट्नेगरी तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । भेट हैदरावाद हाउसमा हुने बताइएको छ । 

भेटका क्रममा राणाले आपसी चासोका विषयमा छलफल गर्ने तयारी गरेकी छन् । सोमबार नै राणाले भारतीय समकक्षी एस जयशंकरसँग भेटवार्ता गरिसकेकी छन् । द्विपक्षीय भेटवार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  

यसैबिच राणाले भारतीय समकक्षीसँग आफ्नो भेट फलदायी भएको बताएकी छन् । 

उनले भनिन्,‘नयाँ दिल्लीमा एस जयशंकरसँग फलदायी भेट भयो । हामीबिच द्विपक्षीय हित, नेपाल–भारत सम्बन्धका विभिन्न पक्ष र आपसी सहयोग आदानप्रदानका विषयमा छलफल भएको थियो । यो भ्रमणले नेपाल र भारतबिचको शताब्दी पुरानो सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छु ।’

भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा नयाँ दिल्ली पुगेकी राणाको मन्त्री भएपछिको यो पहिलो विदेश भ्रमण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप