के शारीरिक सम्बन्ध राख्दा ‘एमपक्स’ सर्छ ?

काठमाडौँ । नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । ‘एमपक्स’ विश्वभर फैलिँदै गर्दा समलिंगिमा बढी देखिएको अध्ययनले देखाएको छ ।
यसो हुनुमा यौनजन्य क्रियाकलापमा सक्रिय हुने व्यक्तिलाई बढी मात्रमा ‘एमपक्स’ संक्रमण भएको पाइएको सङ्क्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए । ‘एमपक्स’ सङ्क्रमित व्यक्तिसँग शरीरिक सम्बन्ध राख्दामात्रै नभई हातले छुँदा, एउटै ओछ्यान प्रयोग गर्दा, अङ्कमाल गर्दा, चुम्बन गर्दा, सङ्क्रमित व्यक्तिले बोल्दा निस्कने छिटाहरूबाट पनि सर्न सक्ने डा. पुनले बताए ।
डा. पुनका अनुसार ‘एमपक्स’ गराउने भाइरस शरीरको घाउ, श्वासनली, आँखा, मुख, नाक लगायतका भागबाट शरीरमा प्रवेश गर्न सक्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले वैदेशिक रोजगारबाट फर्केका व्यक्तिसँग करिब २१ दिनसम्म शारीरिक सम्बन्ध राख्न नहुने बताएका छन् । उनले २१ दिनसम्म आइसोलेशनमा बस्न पनि आग्रह गरेका छन् । ‘विदेशबाट फर्केकालाई घर भित्र छुट्टै राख्ने, बोल्दा माक्स लगाउन पर्यो,’ उनले भने ।
देशभरका १६ वटा सिमानाकामा ‘हेल्थ डेक्स’हरु राखिएको उनले बताए । यस्तै अन्तर्राष्ट्रिय विमानस्थलको ‘हेल्थ डेक्स’ पनि सक्रिय बनाएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न मोर्चाको माग
-
देशविदेशका २८ जनालाई नइ पुरस्कार प्रदान
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय