आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही गर्न माग

सर्लाही । आम जनता पार्टी (आजपा) निकटको आम दलित मोर्चाले दलित समुदायको आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष ठगा दासको नेतृत्वमा विभिन्न माग गर्दै मोर्चाले जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो । मोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली र मधेस प्रदेशका मुख्यमन्त्री सतीस सिंहलाई समेत सो ध्यानाकर्षण पत्र बोधार्थ गर्दै सम्पूर्ण गरिब दलितलाई आवासको व्यवस्था गर्न माग गरेको छ ।
‘मधेस सरकारले जनता आवास कार्यक्रम, सुरक्षित आवास निर्माण कार्यक्रम, महेन्द्रनारायण निधि आवास निर्माण कार्यक्रम ल्यायो तर पनि हामी दलित समुदायको घर निर्माण हुन सकेन । अहिले फेरि मधेस सरकारले मदन भण्डारी आवास निर्माण कार्यक्रम ल्याएको छ । आयोजनाको नाम परिवर्तन हुन्छ तर हाम्रो घर निर्माण हुँदैछ । हाम्रो नाममा लुट्ने काम सरकारले गरिरहेको छ । भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने र हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । नाम जे राखे पनि हाम्रो घर निर्माण हुनुपर्ने हाम्रो माग हो । हाम्रो घर पनि निर्माण नहुने र हाम्रै नाममा लुट्ने काम भइरहेकाले सरकारले हाम्रो माग सम्बोधन नगरे बाध्य भएर हामी आन्दोलनमा उत्रिन्छौँ,’ दलित मोर्चाका अध्यक्ष ठगा दासले भने ।
गरिब दलित परिवारको सरकारले पटक पटक गरी विभिन्न नामको आयोजना ल्याए पनि गरिब दलितहरूको घर निर्माण नभएकोमा उनले आक्रोश व्यक्त गरे ।
आम दलित मोर्चाका केन्द्रीय अध्यक्ष दासको नेतृत्वमा सर्लाहीको मलंगवामा पुगेर जिल्ला प्रशासन कार्यालय मार्फत सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हो । दासको नेतृत्वमा रहेको टोलीमा आम जनता पार्टीका प्रवक्ता चन्द्रभुषण साह, मधेस प्रदेशका अध्यक्ष उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरू रवीन्द्र सिंह, सुनिता साह, आजपा सर्लाहीका अध्यक्ष डा. नवलकिशोर साह, आम दलित मोर्चाका नेता रामलोचन दास लगायतको विशेष सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन अनावश्यक खर्च कटौतीको निर्णय
-
इन्डियन प्रिमियर लिग क्रिकेट : राजस्थान रोयल्समाथि खेल मिलेमतोको आरोप
-
निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई सजायसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न प्रधानमन्त्री कार्यालयको पत्र
-
केरा खानुका फाइदा ।
-
पुरी शंकराचार्यको नेपाल भ्रमण तयारी सुरु, धनुषाको देवडिहा आउने
-
कक्षा १२ को परीक्षा गराए ‘देखाइदिने’ शिक्षकहरूको चेतावनी