बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिला मात्रै जानकार

सोमबार, ०३ भदौ २०८१, १४ : ३२
सोमबार, ०३ भदौ २०८१

काठमाडौँ । नेपालमा स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिलालाई मात्रै जानकारी रहेको पाइएको छ ।

राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) अनुसार नेपालमा हाल स्तन क्यान्सरको संकेत र लक्षणबारे २० प्रतिशतभन्दा कम महिलालाई मात्र जानकारी रहेको छ ।  

स्तन क्यान्सरको संकेत र लक्षणबारे जानकारी नहुँदा ५० देखि ६५ प्रतिशतलाई स्तन क्यान्सर अन्तिम स्टेज अर्थात् स्टेज ३ वा ४ मा पुगेपछि मात्र निदान भइरहेका रणनीतिमा उल्लेख छ ।

स्तन क्यान्सरका लागि जनसङ्ख्यामा आधारित प्रारम्भिक परीक्षण कार्यक्रम सञ्चालन गर्न अझै पनि नेपालको स्वास्थ्य प्रणाली तयारी अवस्थामा नदेखिएको सो रणनीतिमा उल्लेख छ ।

जनसङ्ख्यामा आधारित परीक्षणका लागि म्यामोग्राफीको प्रयोग सम्भव नभएको र लागत प्रभावकारी पनि नरहेको उल्लेख छ 

म्यामोग्राफी आवश्यकता वा माग अनुसारको परीक्षण अन्तर्गत प्रयोग गरिनुपर्छ । अहिलेको अवस्थामा छिटफुट रूपमा मात्र क्लिनिकल स्तन क्यान्सर परीक्षणहरू हुने गरेका छन् र यी सबै स्तन क्यान्सरको प्रारम्भिक पहिचान सेवाग्राहीको व्यक्तिगत पहलमा भएको रणनीतिमा उल्लेख छ ।

विशिष्टिकृत क्यान्सर केन्द्रहरूले समय–समयमा विभिन्न जिल्ला, प्राथमिक स्वास्थ्य सेवा केन्द्र र स्वास्थ्य चौकीहरूमा प्रारम्भिक पहिचान तथा क्लिनिकल स्तन क्यान्सर परीक्षण शिविरहरू सञ्चालन गर्छन् । यद्यपि यी अभियानहरूको पहुँच यी विशिष्टिकृत अस्पताल वा केन्द्रहरू नजिक रहेका जिल्लाहरूमा मात्र सीमित रहेको रणनीतिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप