वैदेशिक भ्रमणमा एक वर्षमा १ खर्ब ८९ अर्ब सकियो, कति छ आम्दानी ?

काठमाडौँ । नेपालीहरु आन्तरिक मात्र होइन बाह्य मुलुकको भ्रमणमा समेत तीव्र रुचि राख्छन् भन्ने तथ्य वार्षिक रिपोर्टले देखाएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्र नेपालीहरुले विदेश भ्रमणमा १ खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ खर्च गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा ३१.१ प्रतिशतले बढी हो ।
तथापि, समीक्षा वर्षमा नेपाल भित्रिने पर्यटकहरुको संख्या र खर्चमा समेत केही सुधार आउँदा सेवा आयतर्फको भ्रमण घाटा केही घट्न पुगेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा नेपालले भ्रमण आयतर्फ ८२ अर्ब ३३ करोड रुपैयाँ आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ३२.१ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस्तो आय ७९ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।
भ्रमण आय र व्यय (बाहिरिएको) हिसाब गर्दा यो वर्ष नेपालले ५५ अर्ब ८६ करोड रुपैयाँ खुद घाटा बेहोरेको छ । अघिल्लो वर्ष ७० अर्ब ८९ करोड घाटामा रहेको यस्तो भ्रमण खर्च यो वर्ष २१.२० प्रतिशतले घट्न पुगेको हो ।
वैदेशिक शिक्षामा १ खर्ब २५ अर्ब रुपैयाँ बाहिरियो
तथापि, भ्रमण शीर्षकमा ठूलो खर्च बाहिरिएको देखिए पनि यसको महत्वपूर्ण कारक वैदेशिक शिक्षिक यात्रा नै रहेको प्रष्ट हुन्छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गएको वर्ष मात्र वैदेशिक शिक्षाका नाममा १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ बाहिरिएको छ । यो कूल भ्रमण व्ययको ६६.०५६ प्रतिशतको हिस्सा हो ।
अघिल्लो वर्ष कूल भ्रमण व्यय १ खर्ब ४४ अर्ब ५२ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय १ खर्ब ४२ करोड रुपैयाँ रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरिटोक्रेसी मिचेर दोस्रो वरीयतामा रहेकालाई सहायक क्याम्पस प्रमुख नियुक्त गरेपछि असन्तुष्टि
-
शानदार जितसँगै दोस्रो स्थानमा उक्लियो गुजरात
-
हिमालय एअरलाइन्स्ले पोखरालाई ल्हासासँग जोड्न हप्तामा एक उडान गर्दै
-
कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट
-
‘कानुनी जटिलताका कारण रेल घाटामा गइरहेको छ’
-
चलेदेखि घाटामा रेल, सय वर्षपछि कार्गोको आस