आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

फिल्मी करियर छाड्न चाहन्छन् आमिर

सोमबार, ०३ भदौ २०८१, १४ : १६
सोमबार, ०३ भदौ २०८१

मुम्बई । बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान लामो समयदेखि फिल्मबाट टाढा छन् । लाल सिंह चड्डा फ्लप भएपछि आमिर खानले फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । अहिले भर्खरै रिया चक्रवर्तीको पोडकास्टमा आमिर खानले आफू फिल्म छोड्न चाहेको कुरा खुलाएका छन् ।

रिया चक्रवर्ती केही समयदेखि आफ्नो पोडकास्ट चलाउँदै आएकी छिन् । उनको पोडकास्टको पहिलो अतिथि सुस्मिता सेन थिइन्। अब आमिर खान उनको पोडकास्टको अतिथि बनेका छन्। 

हालै रियाले यस पोडकास्टको ट्रेलर रिलिज गरेकी छिन्, जसमा आमिर खान करियर र ब्रेकको बारेमा कुरा गरिरहेका छन् । रियाले कुराकानीका क्रममा आमिरलाई भनिन्, ‘जब तपाईं ऐनामा हेर्नुहुन्छ, तपाईलाई लाग्छ कि म राम्रो देखिन्छु, वा म स्टार हुँ, वा म आमिर खान हुँ ?’ 

यसको जवाफमा अभिनेताले भने, ‘म जादूमा विश्वास गर्छु, पर्फेक्सनमा होइन । मलाई फिल्मबाट टाढिनुपर्छ भन्ने पनि लागेको छ ।’ 

यसमा रियाले उनले झुट बोलेको बताउँछिन् । जब आमिरले आफूले सत्य बोल्दैछु भनेर दोहोर्‍याउँछन्, रियाले उनलाई ’लाइ डिटेक्टर टेस्ट’ गर्नुपर्छ भनेर जवाफ दिन्छिन् । 

कुराकानीका क्रममा आमिर खानले पनि आफूले थेरापी लिएको कुरा पनि पुष्टि गरे । यसले गर्दा उनलाई धेरै कुरा सिक्ने मौका मिलेको उनको भनाई छ ।

आमिर खानको अन्तिम रिलिज २०२२ को लाल सिंह चड्ढा थियो। यो फिल्म बक्स अफिसमा नराम्रोसँग फ्लप भयो, त्यसपछि आमिर खानले फिल्मबाट ब्रेक लिने घोषणा गरेका थिए । 

यसपछि आमिरले लपता लेडिज बनाए, जुन निकै हिट भयो । फिल्मलाई उनकी पूर्वपत्नी किरण रावले निर्देशन गरेकी हुन् । अभिनेता र कलाकार चाँडै कमब्याक गर्न लागेका छन् । फिल्ममा उनले वीरेन्द्र भारद्वाजको भूमिका निर्वाह गरेका छन् । उनले यो फिल्मको निर्माण पनि गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप