राजकुमार र श्रद्धासामु नतमस्तक बने अक्षय र जोन

मुम्बई । भारतको स्वतन्त्रता दिवसको अवसरमा बलिउडका तीन ठुला चलचित्र रिलिज भएका थिए । तर, राजकुमार राव र श्रद्धा कपुर अभिनीत चलचित्र ‘स्त्री २’ सामु अक्षय कुमारको ‘खेल खेल मे’ र जोन अब्राहमको ‘वेदा’ नतमस्तक बनेका छन् ।
अक्षय कुमार र जोन अब्राहमको चलचित्र बक्स अफिसमा स्त्री २ अगाडि टिक्न सकेन । अमर कौशिकको निर्देशनमा बनेको स्त्री २ ले सप्ताहान्तमा शानदार प्रदर्शन गर्दै आइतबारसम्म २००.८ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएको छ । यही समयमा अक्षयको खेल खेल मेले १३.९५ करोड भारु र जोनको वेदाले १३.२५ करोड भारु मात्र कमाएको छ ।
राजकुमार र श्रद्धाको स्त्री २ लाई दर्शकहरूले खुवै रुचाइ रहेका छन् । बक्स अफिसमा ७५.५ करोड भारुको ओपनिङ गरेको चलचित्रले हप्ताको अन्त्यमा पनि राम्रो प्रदर्शन गरेको थियो । रिपोर्टका अनुसार चलचित्रले ४ दिनमा नै २ सय करोड भारुको आँकडा पार गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रेडपाण्डा संरक्षणका लागि पहल सुरु
-
विदेशी मुद्रा आज कसको मूल्य कति ?
-
च्याम्पियन्स लिग : पीएसभीको पोष्टमा आर्सनलको गोल वर्षा, डर्टमण्ड रोकियो बराबरीमा
-
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा रियाल मड्रिड विजयी, दबाबमा एटलेटिको
-
श्रमदानबाटै स्थानीयले गरे सिंचाइ योजना मर्मत
-
पानी जहाज कार्यालयका कर्मचारीको गुनासै गुनासो