कूटनीति
परराष्ट्रमन्त्री राणा र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
सोमबार, ०३ भदौ २०८१, १३ : १६

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री राणाको यो पहिलो भ्रमण हो ।
द्विपक्षीय वार्ताका क्रममा देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा छलफल भएकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री राणाले आज नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने बताइएको छ । तर, समय भने तय भएको छैन ।
मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार बेलुकी नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज समेत आयोजना गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनप्याब्सनमा दुई समूहले छुट्टाछुट्टै महाधिवेशन गर्दै
-
भन्सार विधेयकलाई चाँडै टुङ्ग्याउनु पर्नेमा सांसदहरूको जोड
-
मेस्सीको उत्कृष्ट प्रदर्शनपछि हारबाट जोगियो इन्टर मियामी
-
ओली सरकार नालायक र अयोग्य छ : माधव नेपाल
-
प्रहरी प्रधान कार्यालयमा ‘दलित डेस्क’ स्थापना गर्न पत्राचार
-
स्वास्थ्य बिमा कार्यक्रम रोकिएकोबारे संसद्मा उठ्यो प्रश्न