बढ्यो घरजग्गाको कारोबार, यस्ता छन् तीन कारण
काठमाडौँ । चालु आर्थिक वर्षको साउनमा ४३ हजार ८३५ वटा जग्गा खरिद बिक्री भएको भूमि व्यवस्था तथा अभिलेख विभागले जनाएको छ । गत आर्थिक वर्षको साउन महिनामा ३९ हजार २६३ वटा जग्गा कारोबार भएको थियो ।
जसअनुसार गत आर्थिक वर्षको तुलनामा यस वर्षको सोही महिनामा ११.६४ प्रतिशतले जग्गा कारोबार बढेको पाइएको छ । घरजग्गा कारोबाट बढेसँगै यस अवधिमा राजस्व सङ्कलनसमेत बढेको छ । साउन महिनामा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको छ।
गत आर्थिक वर्षको सो अवधिमा २ अर्ब ९१ करोड ४ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएको विभागको तथ्यांकमा उल्लेख छ। घरजग्गा कारोबारमा सरकारले सेवा कर, पुँजीगत लाभ कर, रजिस्ट्रेसन दस्तुर लगायतका कर उठाउने गरेको छ । चालु वर्ष घरजग्गा कारोबारबाट राजस्व सङ्कलन बढेसँगै सरकारको समग्र राजस्व सङ्कलनमा टेवा पुर्याएको छ ।
घरजग्गा कारोबार बढ्नुमा तीन वटा मुख्य कारण भएको नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी बताउँछन् । ठुला राजनीतिक पार्टी सरकारमा आएपछि विकास निर्माणका आयोजनाहरूलाई प्राथमिकता दिनु मुख्य कारण भएको लोहनीले बताए ।
यस्तै नेपाल राष्ट्र बैंकले ल्याएको खुकुलो मौद्रिक नीतिका कारण पनि घरजग्गा कारोबारमा राहत पुगेको उनको भनाइ छ । यसबाहेक बैंकको ब्याजदर घट्दो क्रममा रहेको र बैंकले दिने कर्जामा सुविधा दिएका कारणले पनि कारोबार बढेको उनको भनाइ छ । तर रियलस्टेटको हकमा भने खासै सुविधा नभएको उनले बताए ।
‘बैंकले कर्जा आम्दानीको अनुपात र लोन टु भ्यालु रेसियो ८० प्रतिशत पुर्याए घरजग्गा कारोबार थप बढ्छ । लामो समययता ८० प्रतिशत पुर्याउन राष्ट्र बैंकलाई भनेका थियौ। मौद्रिक नीतिले पनि सम्बोधन गरेन । मौद्रिक नीतिको समीक्षामा सम्बोधन हुने विश्वास छ’, उनले भने ।
नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवास कर्जा अन्तर्गत दुई करोड रुपैयाँसम्मको सीमा राखेको छ। यस्तो कर्जा लिँदा कर्जा र आम्दानीको अनुपात ६० प्रतिशत हुनुपर्ने व्यवस्था छ। अर्थात् आफ्नो मासिक आम्दानीको ६० प्रतिशत रकम बराबर मात्र किस्ता हुने गरी ऋण लिन सकिन्छ । त्यस्तै, ५० लाख रुपैयाँसम्म कर्जा लिनेहरूको हकमा भने यस्तो अनुपात ७० प्रतिशतसम्म पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिम्मेवारी खोसिएपछि उषाकिरणले भनिन्– पञ्चायतविरुद्ध लडेर आएको नेतृत्वले पञ्चायतकै नक्कल नगरेको भए हुन्थ्यो
-
अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
-
लोकसेवा छल्दै गण्डकी प्रदेश सरकार, करारमा कर्मचारी राख्न अध्यादेशको बाटो
-
भक्तपुरमा सोकोनको पहिलो शोरुम
-
भरतपुर भ्रमण वर्ष २०२४ : राष्ट्रिय रैथाने खाना महोत्सव पुस १२ गतेदेखि
-
मेयर कप टेबलटेनिस सुरु