बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम सरकारको बजेट : २५ लाखभन्दा कमका योजना नबनाइने

सोमबार, ०३ भदौ २०८१, १२ : २४
सोमबार, ०३ भदौ २०८१

धनगढी । चालू आर्थिक वर्षको बजेट निर्माणमा जुटेको सुदूरपश्चिम प्रदेश सरकारले बजेट निर्माणका ४ वटा आधार तय गरेको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार सरकारका मन्त्रीहरूलाई राखेर पत्रकार सम्मेलन गर्दै बजेट निर्माणका ४ वटा आधार तय गरेको घोषणा गरेका हुन् ।

साथै मुख्यमन्त्री शाहले जारी विज्ञप्तिअनुसार प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने जनाएको छ । आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने भएको छ ।

प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी  र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने जनाएको छ । साथै प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत गरिने आधार तय भएको मुख्यमन्त्री शाहले बताए ।

यसअघिका सरकारहरूले ५० हजारसम्मका बजेट विनियोजन गर्दै आएका थिए भने उपभोक्ता समितिमार्फत समेत काम हुँदै आएको थियो । तर मुख्यमन्त्री शाहले उपभोक्ता समितिमार्फत काम नगराउने रणनीति लिएका छन् । साथै यसअघिका सरकारले व्यक्ति, समूह ,संस्था, निजी फर्म ,कम्पनी  र सहकारीलाई तोकेर बजेट विनियोजन गर्दै आएका थिए ।

sudur

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप