राजनीतिक दस्तावेजलाई पूर्णता दिन समाजवादी मोर्चाको सचिवालय बैठक बस्दै
सोमबार, ०३ भदौ २०८१, ११ : ०६

काठमाडौँ । समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले बताए । यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।
साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो । तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन ।
सचिवालयमा श्रेष्ठसहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपाका प्रवक्ता विश्वकर्मा र एकीकृत समाजवादीका नेता प्रमेश हमाल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिमस्टेकलाई जनकेन्द्रित र सहकार्यमुखी बनाऔँः परराष्ट्रमन्त्री
-
भ्रष्टाचार र बेथितिले गणतन्त्रलाई कमजोर बनायोः सुदन किराती
-
कोटेश्वरमा रेविका र दिनेशलाई गोली लागेको हो : प्रहरी
-
चैत १५ को प्रदर्शनमा प्रहरीको टाइमलाइन : १२ः५० बजे अश्रुग्याँस प्रहार, २ः५४ मा गोली चलाइयो
-
इन्दुशङ्करले गर्यो सबै भुक्तानी चुक्ता, अन्य उद्योगहरू अझै बाँकी रकम तिर्ने प्रक्रियामा
-
कुलमान र हितेन्द्रको रिट आज पनि हेर्दाहेर्दैमा