आगलागी
ललितपुरको बंगलामुखी नजिकै आगलागी
सोमबार, ०३ भदौ २०८१, ०९ : १५

काठमाडौँ । ललितपुरको बंगलामुखी मन्दिर नजिकै सोमबार बिहान आगलागी भएको छ । अमिरमान बज्राचार्यको तीन तले घरमा आगलागी भएको हो ।
ललितपुर नगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
आज सो क्षेत्रमा मेला लाग्ने भएकाले पुरी, तरकारी बनाउने क्रममा ग्यास भएर आगलागी भएको हाछेथुको भनाई छ । उनका अनुसार महानगरको तीनवटा दमकल र एउटा ट्याङ्कर आगलागी नियन्त्रणका लागि खटिएको थियो । साथै ३० जना नगर प्रहरी पनि घटनास्थलमा खटिएका थिए । आगो अहिले नियन्त्रणमा आएको हाछेथुले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेट : हैदरावादको हार श्रृंखलामा ब्रेक, गान्धी स्टेडियममा पञ्जाब हार्यो
-
१२ बजे, १२ समाचार : झडपपछि वीरगञ्जमा कर्फ्यु लगाइयोदेखि फास्ट ट्र्याकमा चिनियाँ ठेकेदारले ठगी गरेको आरोपसम्म
-
धुमधामपूर्वक मनाइयो हनुमान जयन्ती
-
काठमाडौँ महानगरद्वारा नेसनल हस्पिटललाई एक लाख जरिवाना
-
पछिल्लो २४ घण्टाको विपद् : तीन जनाको मृत्यु, सोह्र जना घाइते
-
‘राजसंस्थाको रेल छुटिसकेको छ अब कहिल्यै फर्किंदैन’