तारमा लुगा सुकाउँदा करेन्ट लागेर मृत्यु
सोमबार, ०३ भदौ २०८१, ०६ : ४८
रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिका-७ अमुवास्थित एमबिजि कन्ट्रक्सनमा काम गर्ने एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । बाँके राप्ती सेनारी गाउँपालिका-५ घर भएका २३ वर्षीय माने सार्कीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको हो ।
सोही ठाउँस्थित बिजुलीको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिलाडेल्फिया विमान दुर्घटना : कारमा सवार परिवार समेत सखाप
-
१२ बजे, १२ समाचार : आमाबुबा र मावलीबाटै १४ वर्षीया किशोरीको हत्यादेखि सयौँ वर्ष पुराना चौतारा मासेर कोटिहोमलाई दाउरासम्म
-
शान्ति समाजको सभापतिमा पौडेल निर्वाचित
-
डोटीमा आठ करोडको सुन्तला उत्पादन
-
अन्तरराष्ट्रिय युवा सम्मेलनका अवसरमा महाकालीमा जलयात्रा
-
१० बजे १० समाचार : दुई दर्दनाक हत्याकाण्डदेखि नेपाललाई निराशासम्म