१० बजे, १० समाचार
आज २०८१ भदौ ०२ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा प्रचण्ड पार्टी एकताको हतारमा, परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने, नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइए बेचन झा, राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको आर्थिक र वित्तीय स्थिति, नेपालमा ‘एमपक्स’को जोखिम कति ?, पशुपति परिसरमा भएको धरपकडबारे छानबिन सुरु, के गर्दैछ पानीजहाज कार्यालय ?, राजदूत सिफारिसमा भएको त्रुटि संसदीय सुनुवाइ समितिले सच्याउला ?, दुर्गा प्रसाईंको पक्षमा भएको फैसला बदरको माग गर्दै गोविन्द केसी पुगे सर्वोच्च लगायत छन् ।
१. प्रचण्ड पार्टी एकताको हतारमा
सत्ता बहिर्गमनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको हतारोमा देखिन्छन् । उनले नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपासँग पार्टी एकताको पहल गरे पनि ती दुवै दलका शीर्ष नेता भने ‘पर्ख र हेर’को रणनीतिमा देखिएका छन् ।
२. परराष्ट्रमन्त्री आरजुले भारतीय प्रधानमन्त्री मोदीसँग भेट गर्ने
भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने तय भएको छ । उनले सोमबार नै भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गर्नेछिन् ।
३. नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइए बेचन झा
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
४. राष्ट्र बैंकले सार्वजनिक ग¥यो देशको आर्थिक र वित्तीय स्थिति
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । आइतबार सार्वजनिक रिपोर्टअनुसार वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।
५. नेपालमा ‘एमपक्स’को जोखिम कति ?
नेपाल ‘एमपक्स’ (मंकीपक्स) सङ्क्रमणको जोखिममा रहेको विज्ञहरूले बताएका छन् । गत वर्ष नेपालमा पहिलो पटक एक जना विदेशी नागरिकलाई एमपक्स देखिएको कारण यस वर्ष पनि जोखिम रहन सक्ने उनीहरूको भनाइ छ ।
६. पशुपति परिसरमा भएको धरपकडबारे छानबिन सुरु
कृष्णमूर्तिजी महाराज भनेर चिनिने विजय भण्डारीलाई प्रहरीले पशुपतिनाथमा धरपकड गरेको घटनाबारे छानबिन सुरु भएको छ । साउन ३२ मा पशुपतिमा कोटिहोम सकेर होटल जान लागेका कथाबाचक कृष्णमूर्तिजी महाराजलाई जिल्ला प्रहरी परिसर काठमाडौँबाट इन्स्पेक्टरको नेतृत्वमा खटिएका प्रहरीले धरपकड गरेका हुन् ।
७. के गर्दैछ पानीजहाज कार्यालय ?
प्रधानमन्त्री केपी शर्मा ओलीले निकै महत्त्व दिने गरेको पानी जहाजको योजना अलपत्र छ भने कार्यालयमा कर्मचारीसमेत समयमा आउने गरेका छैनन् ।
८. राजदूत सिफारिसमा भएको त्रुटि संसदीय सुनुवाइ समितिले सच्याउला ?
सरकारले दक्षिण अफ्रिका र भारतका लागि नेपाली राजदूत सिफारिस गर्दा राज्यको मूल कानुन अर्थात् संविधान र आफैँले तयार पारेको राजदूत नियुक्ति सम्बन्धी निर्देशिका २०७५ को ठाडो उल्लङ्घन गरेको पाइएको छ । संविधान र निर्देशिका विपरीत सिफारिस भएका राजदूतलाई संसदीय समितिले रोक्छ या अनुमोदन गर्छ भन्ने चासोको विषय बनेको छ ।
९. दुर्गा प्रसाईंको पक्षमा भएको फैसला बदरको माग गर्दै गोविन्द केसी पुगे सर्वोच्च
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मेडिकल कलेज बी एण्ड सीको पक्षमा भएको फैसला त्रुटिपूर्ण भएकाले बदर हुनुपर्ने भन्दै डा गोविन्द केसीले सर्वोच्च अदालतमा पुनरावेदन निवेदन पेस गरेका छन् । केसी आइतबार आफैँ सर्वोच्च अदालत उपस्थित भएर उक्त फैसला बदरको माग गरेर निवेदन दिएका हुन् ।
१०. प्रधानमन्त्रीले गुनासो नसुने आफूलाई भन्न कांग्रेसका मन्त्रीलाई देउवाको निर्देशन
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले गुनासो नसुने आफूलाई जानकारी गराउन निर्देशन दिएका छन् । उनले आफ्ना गुनासो प्रधानमन्त्रीलाई भन्न र प्रधानमन्त्रीले नसुने आफूलाई भन्न निर्देशन दिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन