ज्योतिषाचार्यको निष्कर्ष : जनैपूर्णिमामा भद्राको दोष लाग्दैन

काठमाडौँ । ज्योतिषशास्त्रका विद्वानहरुले जनैपूर्णिमामा भद्राको दोष नलाग्ने तर्क पेस गरेका छन् । भद्रामा रक्षाबन्धन गर्न दोष लाग्छ कि लाग्दैन भन्ने बहस चलिरहेका बेला यस्तो तर्क पेस भएको हो ।
नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको वाल्मीकि विद्यापीठमा आज बसेको ज्योतिषाचार्य एवं संहिता शास्त्रको बैठकले भद्राको दोष जनैपूर्णिमा, रक्षाबन्धनका निमित्त सर्वसाधारणलाई नलाग्ने निष्कर्ष निकालेको हो । यो दोष राजाहरुलाई मात्रै लाग्ने संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोलाले जानकारी दिए ।
'कन्या, धनु, तुला र मकर राशिमा चन्द्रमा हुँदा, भद्रा पाताल लोकमा हुने हुँदा भद्राको दोष पातालवासीलाई मात्रै लाग्छ पृथ्वीवासीलाई लाग्दैन, राजा महाराजालाई समेत दोष नलाग्ने कुराको शास्त्रीय प्रमाण छ', उनले बताए ।
बैठकमा प्रा डा माधवप्रसाद पाण्डेय, सह प्राध्यापक जयन्त आचार्यलगायत ज्योतिषाचार्यहरुको उपस्थिति थियो ।
यसअघि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सर्वसाधारणलाई भद्राको दोष नलाग्ने बताएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुधबार सुनको मूल्य बढ्यो
-
आज पनि बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक
-
दोस्रो उपाधिको खोजीमा रहेका गुजरात र राजस्थान आपसमा भिड्दै
-
अमेरिका–चीनबिच ट्यारिफ तनावले एसियाली शेयर बजारमा गयो पहिरो
-
वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
-
ट्रम्पले लगाएको रेसिप्रोकल ट्यारिफः सुरुवात मात्र हो !