‘एनआरएन नेपाल डेभलभमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याउने तयारी
आइतबार, ०२ भदौ २०८१, २१ : २१
काठमाडौँ । ‘एनआरएन नेपाल डेभलभमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याउने तयारी भएको छ ।
नेपाल सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघ (एनआरएन)को अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी ‘एनआरएन नेपाल डेभलभमेन्ट फण्ड’ कार्यान्वयनमा ल्याउने तयारी भएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, एनआरएनका अध्यक्ष डा. बद्री केसी, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायतको अर्थ मन्त्रालयमा आइतबार भएको छलफलबाट भदौको तेस्रो हप्ताभित्र डेभलपमेन्ट फण्डलाई सञ्चालनमा ल्याउन आवश्यक पर्ने प्रक्रिया पूरा गर्ने सहमति भएको छ । एनआरएन नेपाल डेभलपमेन्ट फण्ड लिमिटेडमा नेपाल सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुनेछ ।