नगरकोट जङ्गलमा हराएका पर्यटकको उद्धार

भक्तपुर । भक्तपुरको नगरकोटस्थित मुहानपोखरी रानीझुला क्षेत्रमा घुम्ने क्रममा जङ्गलमा हराएका तीन भारतीय पर्यटक र एक नेपाली गाइडको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।
पर्यटकीयस्थल रानीझुला क्षेत्र घुम्न गएकामा बाटो भुलेर जङ्गलतर्फ लागेपछि हराएका भारतीय पर्यटक नीतिन तिवारी, रश्मी तिवारी, तनिस तिवारी र नेपाली गाइड हरिप्रसाद खरेलको १२ घण्टापछि सकुशल उद्धार गरिएको चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीले जानकारी दिए ।
पर्यटक जङ्गलमा हराएको जानकारी पाएलगत्तै नगरप्रमुख खत्रीले सामाजिक सञ्जालमार्फत खोजीका लागि सबैमा आह्वान गरेका थिए । लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसहितको टोलीले जङ्गलमा खोजी गर्ने क्रममा आज हलहले खोप (खोल्ची) क्षेत्रमा उनीहरू फेला परेका थिए ।
हराएकाहरूलाई सकुशल उद्धार गरी प्रहरी विभाग खरिपाटीमा बुझाइएको नगर प्रमुखका स्वकीय सचिव गोकर्ण पुरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग निर्माण
-
१२ बजे, १२ समाचार : अछाममा आगलागी हुँदा सात पसल पूर्णरूपमा जलेदेखि ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञले दिए राजीनामासम्म
-
पर्वतीय पथप्रदर्शकलाई ‘हाई माउन्टेन रेस्क्यु’ तालिम
-
सामरी खोलामा मापदण्डविपरीत उत्खनन, हेरेर फर्कियो जिसस
-
ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले दिए राजीनामा
-
१० बजे १० समाचार : शान्तिपूर्ण रह्यो राप्रपाको सभा, तीनकुने घटनामा पक्राउ पर्ने क्रम जारी