पोखरामा स्वरूप फेरिएका १४९ मोटरसाइकल प्रहरी नियन्त्रणमा
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की परिसर नियन्त्रणमा लिइएका मोटरसाइकलले भरिभराउ बनेको छ । स्वरूप परिवर्तन गरिएको (मोडिफाइड) १४९ मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
साउन ३० देखि भदौ २ गतेसम्म प्रहरीले अभियान चलाएर ती मोटरसाइकल नियन्त्रणमा लिएको छ । ‘हामीले अहिले अनुसन्धान गरिरहेका छौं । प्रारम्भिक अनुसन्धानबाट के देखियो भने पहिलो पटकदेखि चौथो पटकेसम्म देखियो’, कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले भने ।
नियन्त्रणमा लिएका सवारीधनीलाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ उल्लेख भएअनुसार १५ हजार रुपैयाँसम्म जरिवाना लिइने उनले बताए । स्वीकृति नलिईकन सवारीको स्वरूप परिवर्तन नपाइने ऐनमा उल्लेख गरिएको एसपी थापाको भनाइ छ । नियन्त्रणमा लिइएका मोटरसाइकलले रङ, सिट, साइलेन्सर, नम्बरप्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन, चेचिस लगायतका पाटपूर्जा फेरबदल गरेका छन् ।
सवारी धनीसँगै वर्कसप सञ्चालक, कार्यरत मजदुरले काननु विपरीत काम गरेको कास्की प्रहरीले बताएको छ । ‘कानुन बमोजिम अधिकतम कारबाही गर्छौं’, एसपी थापाले बताए ।
पटक पटक अनुरोध गर्दापनि अटेरी गर्ने मोटरसाइकल चालकलाई मुलुकी आचारसंहिता २०७४ अनुसार सार्वजनिक शान्ति भंग गरेको कसुरमा समेत कारबाही गर्ने उनको चेतावनी छ । उनी भन्छन्, ‘यी बाहेकले सार्वजनिक शान्ति भंग गरेको छ । कोलाहल मच्चाइरहेको छ । कसैलाई सुत्न दिएको छैन । सबैलाई डिस्टर्ब गर्या’छ । तसर्थ सार्वजनिक शान्ति भंग गरेतर्फ पनि कारबाही गर्न सक्छौं ।’ यो कसुरमा एक वर्षसम्म कैदको व्यवस्था छ ।
नियन्त्रणमा लिएको मोटरसाइकलका चालकलाई अभद्र व्यवहारमा समेत मुद्दा दायर गर्ने एसपी थापाले सुनाए । महिला, बालबालिका, बिरामीलाई ध्वनि प्रदूषण गराउँदै तर्साइरहेको उनको भनाइ छ ।
स्वरूप परिवर्तन गरेर सवारी चलाउँदा बढी भन्दा बढी दुर्घटनाको जोखिम रहेको उनको दाबी छ । ध्वनि प्रदूषणले पर्यटकीय राजधानी पोखरामा पर्यटकमैत्री व्यवहार नभएको उनले दाबी गरे ।
स्वरूप परिवर्तन गरेर मोटरसाइकल चलाइरहेका चालक भने अनाहकमा प्रहरीले दुख दिएको बताउँछन् । प्रहरीले सोमबार वर्कसप सञ्चालकहरुलाई जिल्ला प्रहरी कार्यालयमा बोलाएर मोटरसाइकलको स्वरूप परिवर्तन नगरिदिन आग्रह गरेको छ । चालक आफैंले सामान किनेर स्वरूप परिवर्तन गर्ने सञ्चालकहरू भनाइ थियो ।
स्वरूप परिवर्तन गरेर ध्वनि प्रदूषण गराउन मोटरसाइकललाई रोक्न प्रहरीले गत आर्थिक वर्षमा अभियान नै चलाएको थियो । ध्वनि प्रदूषण गराउने मोडिफाइड १ हजार ९८६ मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही गर्दा ८ लाख १० हजार ३०० रुपैयाँ राजस्व संकलन भएको थियो । यस्तै मोटरसाइकलको स्वरूप परिवर्तन गर्ने ८ जना सञ्चालकलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएल खेल्न बाबर हायत नेपाल आइपुगे, तस्बिरहरु
-
१० बजे १० समाचार : रविबारे अलमलदेखि सुन किन्नेको भिडसम्म
-
भ्रष्टाचारी उम्कन पाउँदैनन् : मन्त्री गुरुङ
-
प्रधानमन्त्री ओली र विप्लवबिच के भयो कुराकानी ?
-
खेलाडीहरू माथि खेलबाड गर्न हुँदैन : मन्त्री महर्जन
-
एजुकेशन प्लानेटलाई दक्षिण एसियाका लागि प्रतिष्ठित ‘टप अफ द टावर’ अवार्ड