बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरुलाई संरक्षण गर्ने नीति ल्यायो : पुन

आइतबार, ०२ भदौ २०८१, १९ : ५६
आइतबार, ०२ भदौ २०८१

प्युठान । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान सरकारले भ्रष्टाचारी र राज्य दोहनमा संलग्नहरुलाई संरक्षण गर्ने नीति लिएको आरोप लगाएका छन् । 

पार्टी सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारी प्यूठानको जिल्ला सम्मेलनलाई आइतबार खलंगामा सम्बोधन गर्दै पुनले सुरुआती कार्यशैलीले सरकार भ्रष्टाचारमैत्री देखिएको बताए । 

आफूहरुलाई सरकारमा जान कुनै हतारो नरहेको स्पष्ट गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानबाट सचेत भएका जनताको भावनाविपरीत सरकार अघि बढे जनताले विद्रोह गर्ने चेतावनी दिए । आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सुशासनको पक्षमा तथा भ्रष्टाचार र राज्य दोहनका विरुद्ध कठोर कदम चालेपछि आत्तिएका तत्त्वहरूले रातारात सरकार ढालेको उनको भनाइ थियो । 

‘हाम्रो अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चलाएको सुशासनको अभियानलाई अनियमितता, राज्य दोहन र सरकारी सम्पत्ति कब्जा गरेर मोज गरिरहेका मानिसहरुले मन पराएनन्’, पुनले भने, ‘म यो सरकारलाई भन्न चाहन्छु हाम्रो पार्टी नेतृत्वको सरकारले थालेको भ्रष्टाचार र राज्य दोहनविरुद्धको अभियान नरोकियोस् ।’ 

पुनले भ्रष्टाचार र राज्य दोहको प्रक्रिया नरोकिए नेपालमा ऋलंका र बंगलादेशको परिस्थिति आउन सक्नेतर्फ सचेत गराए । उनले राज्य सञ्चालनमा जनताको सहभागिता, समावेशिता र  फराकिलो लोकतान्त्रिक अभ्यासबिना राज्य सञ्चालनमा निर्वाचन जित्नुमात्र लोकतन्त्र होइन भन्ने दक्षिण एसिया र विश्वका अरू देशहरुका घटनाक्रमबाट शिक्षा लिन सक्नुपर्ने औंल्याए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप