आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

परराष्ट्रमन्त्री देउवाले भारतीय प्रधानमन्त्री मोदीलाई सोमबार भेट्ने

आइतबार, ०२ भदौ २०८१, १९ : ४९
आइतबार, ०२ भदौ २०८१

काठमाडौँ । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने भएकी छिन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री देउवाले सोमबार भारतीय प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम तय भएको हो । 

परराष्ट्रमन्त्री देउवाको भारत भ्रमणको तालिकामा प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम समावेश छैन । सोमबार नै मलेसियाका प्रधानमन्त्री भारत भ्रमणमा जान लागेका छन् । त्यसमा प्रधानमन्त्री मोदी व्यस्त हुने भएपछि समय मिल्छ कि मिल्दैन भनि अन्योल थियो तर प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री देउवाले भेट्ने तय भएको मन्त्रालयले जनाएको छ । 

विदेश मन्त्री एस.जयशंकरलाई भेटेपछि प्रधानमन्त्री मोदीलाई भेट्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भेट्ने समय  भने तय भइसकेको छैन ।

परराष्ट्रमन्त्री देउवाले प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने र दुई देशको हितको बारेमा कुराकानी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप