कर्णाली आइतबार बिहानदेखि विद्युत् विहीन, जनजीवन प्रभावित
![कर्णाली आइतबार बिहानदेखि विद्युत् विहीन, जनजीवन प्रभावित](https://npcdn.ratopati.com/media/news/electricity-bijuli_bunv92pzuv_YE1QqL7bnE.webp)
सुर्खेत । आइतबार बिहानैदेखि कर्णालीमा विद्युत् अवरुद्ध भएको छ । कोहलपुर–सुर्खेतको प्रमुख ३३ केभी प्रसारण लाइन अवरुद्ध हुँदा समग्र कर्णाली विद्युत् विहीन बनेको हो ।
विद्युत् प्राधिकरण सुर्खेत शाखाका अनुसार ३३ केभी प्रसारण लाइनको हर्रे र बबईको बिच खोलामा रुख ढलेर विद्युत् पोलमा पर्दा तार चुटेर लाइन अवरुद्ध भएको हो । त्यहाँ करिब ६ वटा पोलको तारामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।
घना जङ्गलबिचमा भएकाले प्राधिकरणका कर्मचारीहरू बिहानैदेखि क्षतिग्रस्त ठाउँ खोज्न हिँडेपनि बेलुका ६ बजेतिर मात्र पत्ता लागेको र अहिले मर्मत गर्ने काम भइरहेको छ ।विद्युत् अवरुद्ध हुँदा नेट, इन्टरनेटसमेत अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ ।
विद्युत् अवरुद्ध भएपछि कर्णालीमा नेपाल टेलिकमको नेटवर्क सेवा प्रभावित हुने गरेको छ । जसका कारण फोन सम्पर्क गर्न समेत कठिनाइ हुन्छ । कर्णालीमा आइतबार बिहानैदेखि ठुलो वर्षा समेत भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीअघि टोलीबाट बाहिरिए अफगानिस्तानका युवा स्पिनर
-
फागुन महिनामा कुन बैंकबाट कति पाइन्छ ब्याज ?
-
कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा
-
बागमती प्रदेश सभा : एउटा कानुन बनाउन डेढ करोडभन्दा बढी खर्च
-
क्यानद्वारा दोस्रो चरणमा २४ सदस्यीय यू–१९ टोलीको घोषणा
-
कटहरिया स्थित एक वर्कसपमा आगलागी